अब जापानमा भिजिटर भिसामा जानेले स्टाटस परिवर्तन गर्न नपाउने


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

अबदेखि जापानमा अस्थायी प्रकारको भिजिटर भिसामा जानेहरुले स्टाटस परिवर्तनका लागि आवेदन दिन नपाउने भएका छन् । यस अगाडि जापानमा भिजिटर भिसामा जानेहरुले पनि लामो समयको कामदार भिसामा आफ्नो स्टाटस परिवर्तनका लागि आवेदन दिन पाउँथे ।

अब मेडिकल आपतकालिन अवस्था वा बच्चा जन्मेको अवस्थामामात्र स्टाटस परिवर्तनका लागि आवेदन दिन पाइने भएको छ । जापानमा योग्यताको प्रमाणपत्र प्राप्त गरेकाहरुलेमात्र स्टाटस परिवर्तनका लागि आवेदन दिन पाउने भएका छन् ।

यदि आवेदन अस्वीकृत भएमा आवेदकको योग्यताको प्रमाणपत्र सीओई पनि खारेज गरिनेछ भने आवेदकले पुन कामको अनुमति प्रकृयाबाटै सुरुवात गर्नुुपर्नेछ । यो नियमबाट जापानमा भिजिटर भिसामा गएर कामदार भिसामा परिणत गर्ने नेपालीहरुसमेत प्रभावित हुनेछन् ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com