अमेरिकन सामोआमा जन्मिनेलाई पनि अमेरिकी नागरिकता दिइने
प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

अब साउथ प्यासेफिक ओसनमा रहेको अमेरिकी भूभाग अमेरिकन सामाओमा जन्मिनेहरुले पनि अमेरिकी नागरिकता पाउने भएका छन् । बिहिबार अदालतले यसबारेमा फैसला गर्दै अमेरिकन सामोआमा जन्मिनेहरुले पनि अमेरिकी नागरिकता पाउनुपर्ने फैसला गरेको हो ।
अहिलेसम्म अमेरिकन सामोआमा जन्मिेनहरुलाई गैर नागरिकका रुपमा लिएर अमेरिकी चुनावमा मतदान गर्ने, चुनाव लड्ने, सरकारी कार्यालयमा जागिर खाने, आप्रवासी परिवारलाई स्पोन्सर गर्ने लगायतका सुविधाबाट वञ्चित गरिएको थियो । पोर्तोरिको, गुआम र भर्जिन आइल्याण्डसँगै अब अमेरिकन सामोआपनि अमेरिकी नागरिकता जित्नेमा सुचीकृत भएको छ ।
अमेरिकन सामोआको जनसंख्या झण्डै ५५ हजार रहेको छ । अमेरिकन सामाओमा अमेरिकी नागरिकहरु विनाभिसा अनिश्चितकालका लागि जान पाउने भएपनि त्यहाँ जान पासपोर्ट भने अनिवार्य गरिदै आएको छ । अमेरिकन सामाओका झण्डै २ लाख व्यक्ति अमेरिकामा बस्दै आएका छन् ।