इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिका गठन, बाबुराम भट्टराई प्रमुख सल्लाहकार


प्रकाशित मिति : श्रावण २९, २०७३ शनिबार

नेपालमा शान्ति, विकाश र आर्थिक समृद्धिकालागि सहयोग गर्ने उद्देश्यले अमेरिकामा इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाको गठन गरिएको छ । अमेरिकाको गैरनाफामुलक संस्थाको कानुन अनुशार न्युयोर्कमा दर्ता गरिएको यो संस्थाका प्रमुख सल्लाहकार डाक्टर बाबुराम भट्टराई र नवराज सुवेदी रहनुभएको छ । त्यस्तै संस्थाका सल्लाहकारहरुमा शंकर भण्डारी, किशोर पन्थी, केशव भट्टराई, शिव गौतम र डाक्टर जीत जोशी रहनुभएको छ ।

इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाका संयोजक ज्ञानप्रसाद रिमाल र सहसंयोजक विनय पोखरेल रहनुभएको छ भने कार्यक्रम प्रमुख डाक्टर रमेश कुमार आचार्य रहनुभएको छ । सदस्यहरुमा मेघासिंह अधिकारी, उदय केसी, अनिता सिलवाल, लोकनाथ मिश्र र विभा दवाडी रहनुभएको छ । अन्य सदस्यहरु क्रमश थप्दै जाने र यथाशीघ्र भेलाको आयोजना गरी पूर्णरुपको कार्यसमिति निर्माण गरिनेछ ।

इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाका प्रमुख सल्लाहकार डाक्टर बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपालका संयोजक हुनुहुन्छ भने नवराज सुवेदी प्रवास प्रादेशिक समितिमा संयोजक हुनुहुन्छ । त्यस्तै संस्थाका सल्लाहकार शंकर भण्डारी नयाँ शक्तिका प्रवास प्रादेशिक समितिका सहसंयोजक हुनुहुुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com