नेदरल्याण्डमा विदेशी कामदारको न्यूनतम तलब बृद्धि, ब्लुकार्ड हुनेलाई मासिक ५४०३ युरो
प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

जनवरी १ देखि नेदरल्याण्डमा कामगर्ने विदेशी कामदारहरुको न्यूनतम तलब बृद्धि गरिने भएको छ । नयाँ तलब मापदण्ड अनुशार ३० बर्षभन्दा माथिका अतिदक्ष कामदारको मासिक तलब ४६१२ युरो हुनेछ । त्यस्तै ३० बर्षभन्दा कम उमेरका अतिदक्ष कामदारको मासिक तलब न्यूनतम ३३८१ युरो हुनेछ ।
अभिमुखिकरण अनुमतिपछि अतिदक्ष कामदारका लागि न्यूनतम तलब मासिक २४२३ डलर तोकिएको छ भने इयु ब्लुकार्डवाहकका लागि न्यूनतम मासिक तलब ५४०३ युरो हुनेछ । विगतको तुलनामा विदेशी कामदारका लागि तलबमा झण्डै साढे २ प्रतिशत बृद्धि गरिन लागेको हो ।
पहिले नै विदेशी कामदारहरुलाई काममा लगाएका रोजगारदाताहरुले तलबको नयाँ मापदण्ड पूरा गर्न अनिवार्य हुनेछैन । तर आगामी जनवरी १ वा त्यसपछि प्राप्त हुने आवेदनका सन्दर्भमा नयाँ तलबको मापदण्ड लागु हुनेछ । जनवरी १ अगाडि फाइल गरिएका पेन्डिङ आवेदकको सन्दर्भमा पनि सन् २०१९ कै थ्रेसहोल्ड पालना गरे हुने भएको छ ।