नेपालीलाई जर्मन र स्वीस दूतावासबाट युरोपको शेंगेन भिसा सबैभन्दा सजिलो, नेदरल्याण्डबाट मुस्किल


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

युरोपको शेंगेन क्षेत्रका लागि नेपालीहरुले सबैभन्दा धेरै काठमाडौंमा रहेको जर्मन दूतावासबाट भिसा पाउने गरेका छन् । गतबर्ष भिसा प्राप्त गर्नेहरुको विवरण अनुशार एकबर्षमामात्र जर्मन दूतावासबाट ४०२७ नेपालीहरुले शेंगेन भिसा प्राप्त गरेका छन् ।

सन् २०१८ काठमाडौंमा रहेको जर्मन दूतावासमा ५०८७ जना नेपालीहरुले भिसा आवेदन दिएका थिए । तीमध्ये ४०२७ जनालेमात्र भिसा पाए भने १०६० नेपालीहरुको भिसा अस्वीकृत भयो । जुन अस्वीकृत दर अस्वकिृत दर २१ प्रतिशतमात्र हो । सन् २०१७ मा भिसा अस्वीकृत दर २० प्रतिशत रहेको थियो ।

त्यस्तै गतबर्ष फिनल्याण्डको दूतावासमा जम्मा ६८७ जना नेपालीहरुले शेंगेन भिसा आवेदन दिए भने ५५८ जना नेपालीहरुले भिसा पाए । भिसा नपाउने १२४ जना थिए । यो अस्वीकृत तर जम्मा १८ प्रतिशत हो । भिसा दुरुपयोगका समाचारहरु आएसँगै अहिले भने फिनल्याण्डले नेपालीलाई भिसामा कडाई गरेको छ । सन् २०१७ मा भिसा अस्वीकृत दर ३५ प्रतिशत रहेको थियो ।

त्यस्तै नेदरल्याण्डको दूतावासमा शेंगेन भिसाका लागि आवेदन दिने नेपालीहरु गतबर्ष १६६६ जना रहेका थिए । जसमध्ये ९७९ जनाले भिसा पाए भने नपाउनेहरु ६४० जना रहेका थिए । नेदरल्याण्डको भिसा अस्वीकृत दर ३८ प्रतिशत रहेको छ । सन् २०१७ मा भिसा अस्वीकृत दर ५१ प्रतिशत रहेको थियो ।

गत बर्ष शेंगेन भिसाका लागि स्वीटजरल्याण्डको दूतावासमा आवेदन दिने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । कुन नेपाली आवेदक ३०३७ मध्ये भिसा पाउनेहरु २३८७ जना थिए भने नपाउनेहरु ६५० जना रहेका थिए । नेपालीहरुको भिसा अस्वीकृत दर २१ प्रतिशत रह्यो । सन् २०१७ मा भिसा अस्वीकृत दर २५ प्रतिशत रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com