‘आइरन लेडी’लाई मात्र ९० भाेट !


प्रकाशित मिति : चैत्र १, २०७३ मंगलबार

मणिपुरमा निर्वाचन अभियानमा सामेल हुनुभन्दा अघि मणिपुरकी ‘आइरन लेडी’ इरोम शर्मिला पछाडि सशक्त जमात् देखिन्थ्यो। उनीप्रति जनताको अपार समर्थन र सम्मान थियो। त्यही जनसमर्थनको पृष्ठभूमिमा उनी राजनीतिमा होमिइन्। तर भर्खरै आएको चुनाबी परिणामले त्यो समर्थन मतमा परिवर्तन गर्न असफल देखाएको छ।  उनले चुनाब हारेकी छन्। हार्नु मात्र होइन मात्र ९० मत पाएर लज्जास्पद पराजय व्यहोरेकी छन्।

राजनीति त्यति सहज ढंगले अनुमान लगाउन सक्ने विषय होइन। त्यसमा पनि चुनाब त झन् मैदानमा उत्रनासाथ जितिने विषय हुनै सक्दैन। लोकतान्त्रिक अभ्यासमा अनुभवआधारित रणनीतिको ठूलो भूमिका हुन्छ जो ४४ वर्षे मानवअधिकार कार्यकर्तासँग थिएन।

१६ वर्षसम्म अनसन बसेकी उनीप्रति केही दिन अगाडिसम्म जनताले देखाएको त्यो सम्मान किन मतमा परिणत हुन सकेन? किन उनले मात्र ९० मतमा खुम्चिनु प¥यो। यो विषय अहिले पूर्वी—उत्तर भारतको मणिपुर मात्र नभई नयाँ दिल्लीसम्मै चर्चाको विषय बनेको छ।

शर्मिलाको पृष्ठभूमि एउटा अधिकारवादी अभियान्ताको थियो। उनी राजनीतिक प्राणी थिइनन् त्यही भएर त्यो स्तरको पराजय भोग्नु परेको कतिपयको टिप्पणी छ। हो, साँच्चै राजनीति फोहोरी खेल हो भने शर्मिलाले त्यो खेलबाट टाढै रहन चुनाबी परिणामले सन्देश दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शर्मिला अधिकारकर्मीका लागि प्रख्यात भएकी हुन्। राजनीतिकर्मीका रुपमा उनको व्यक्तित्व नितान्त नयाँ हो। उनविरुद्ध चुनाब लडेका ओक्राम इबोबी सिंह मणिपुरका एक जना शक्तिशाली राजनीतिकर्मी हुन्। उनले यसअघि तीन कार्यकाल शासन गरिसकेका छन्।

शर्मिलाको जीवन एउटा संघर्षको श्रृङ्खलाले भरिएको छ। तर राजनीति त्यति सहज ढंगले अनुमान लगाउन सक्ने विषय होइन। त्यसमा पनि चुनाब त झन् मैदानमा उत्रनासाथ जितिने विषय हुनै सक्दैन। लोकतान्त्रिक अभ्यासमा अनुभवआधारित रणनीतिको ठूलो भूमिका हुन्छ जो ४४ वर्षे चर्चित मानवअधिकार कार्यकर्तासँग थिएन।

शर्मिला चुनाबका लागि भोट माग्न मतदाता घरदैलोमा पुगेकै थिइन्। तर उनको चुनाबी र्‍यालीहरुमा जनउपस्थिति प्रतिद्वन्द्वीहरुको जतिको कहिलै देखिएन। कुनै ठाउँमा त उनका समर्थकभन्दा सुरक्षाकर्मी बढी हुन्थे। ती कार्यक्रममा आउनेहरु पनि १६ वर्षसम्म अनसन बसेकी शर्मिला कस्ती रहिछन् भनेर हेर्न आउनेहरु बढी हुन्थे।

मणिपुरमा सेनाले पाएको विशेषाधिकारविरुद्ध १६ वर्षदेखि अनसनरत उनले गत वर्ष आफ्नो भोकहड्ताल अन्त्य गरेकी थिइन्। १६ वर्षसम्म भोजन त्यागेकी उनलाई त्यसपछि मणिपुरबासीले बाहिरिया ठान्न थालेका थिए।

उनको विवाहका लागि तय भएको केटा (ब्वाइफ्रेण्ड) आयरल्यान्डमा बस्ने गर्छन्। यो विषयका कारण पनि स्थानीयले उनलाई बाहिरियाको रुपमा चित्रण गर्दै आएका छन्। विदेशी नागरिकको मुद्दा सोनियाँ गान्धीको मामिलामा जसरी उठाइएको थियो त्योभन्दा फरक किसिमले शर्मिलाविरुद्ध पनि चुनाबमा उठेको थियो।

यो पराजयपछाडि उनी महिला हुनु पनि एउटा पक्षको रुपमा लिन सकिन्छ। मणिपुरको निर्वाचनमा २६८ उम्मेदवारमध्ये १० मात्र महिला थिए। राष्ट्रिय पार्टीहरु भारतीय जनता पार्टी र कंग्रेसले दुई जना मात्र महिला उम्मेदवार उठाउनुको मतलब राजनीतिमा महिलाको उपस्थिति मणिपुरमा बलियो छैन।

निश्चित यो हो कि उनले निकै सुझबुझपूर्ण तरिकाले चुनाबी क्षेत्र छानेकी थिइन्। उनी उम्मेदवार बन्न त्यहाँ गइन् जहाँ मणिपुरका सबैभन्दा शक्तिशाली राजनेता इबोबी सिंह चुनाब लड्दै थिए। एक किसिमले उनले स्थापित शक्तिलाई चुनौती दिएकी थिइन्। यो उम्मेदवारीलाई आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले लोकसभामा चुनाबमा नरेन्द्र मोदीलाई चुनौती दिएको रुपमा धेरैले लिएका पनि थिए।

बनारसबाट केजरीवालले जित्न त जितेनन् तर पराजित हुँदा उनीसँग राजनीतिक रणनीति तयार थियो। त्यस अगाडिको रणनीतिमा पनि उनी स्पष्ट थिए। केजरीवाल समर्थकका ठूलो हिस्सा सोसल मिडियामा तैनाथ थियो। कर कार्यालयको निर्देशक भइसकेका केजरीवाललाई चुनाबका लागि गर्नुपर्ने खर्चको कुनै कमी थिएन जुन शर्मिलाको चुनाबी अभियानमा देखियो। यही कारण हो मतदाताले केजरीवालको नाम हर समय सुन्न पाए तर शर्मिलाको हकमा त्यो लागू हुन सकेन।

एउटा गजबको दृश्य के देखियो भने उनको निर्वाचनको कभरेज स्थानीय मिडियामा कहीँ देखिएन। बाहिरी मिडियामा भने उनले राम्रो स्थान पाइरहिन्। यो विषयले स्थानीयमा व्यंग्यको अवस्था सिर्जना गर्‍यो। शर्मिला राजनीतिमा होमिएर मुख्यमन्त्री बन्न चाहन्थिन् तर मुख्यमन्त्रीको सपना देख्ने राजनीतिक दल पीपल्स रिसर्जेंन्स एन्ड जस्टिस एलायन्सले चुनाबी मैदानमा तीन उम्मेदवार मात्र उतारेको थियो। त्यही भएर मतदाताले उनलाई गम्भीरतापूर्वक लिएनन्। चुनाबी अभियानका बेला उनको राजनीतिक भविष्यभन्दा विवाहको विषयले बढी चर्चा पायो।  नतिजा के भयो? शर्मिलाले ९० मत पाइन्। अरु दुई उम्मेदवारको जमानत जफत भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com