भारतीय सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघ मुख्यालयमा एनआरएनएको ज्ञापनपत्र


प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार

भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमणकोबिरुद्ध एनआरएनए आईसीसीका तर्फबाट राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा ज्ञापनपत्र बुझाइएको छ ।

एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको टोलीले संयुक्त राष्ट्रसघंका महासचिव एन्टोनियो गुटिरेजको कार्यकारी कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन जाने क्रममा एनआरएनए आईसीसी उपाध्यक्ष सहितको टोली ।

भारतीय सरकारले प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएको भन्दै ज्ञापनपत्रमा यो विषयप्रति संयुक्त राष्ट्रसघंको ध्यानाकर्षण गराइएको छ । साथै नेपालको सार्वभौम भूमि आफ्नै सिमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत अनुरोध गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ज्ञापनपत्र बुझाउन जाने क्रममा एनआरएनए आईसीसी उपाध्यक्ष सोनाम लामा र एनआरएनए एनसीसी अमेरिका उपाध्यक्ष बीआर लामा ।

यद्यपी दुईदेशबीचको सिमा समस्या दुईपक्षीय कुटनीतिक संवादमार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ । एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष सोनाम लामाका तर्फबाट उक्त ज्ञापनपत्र बुझाइएको छ जसमा एनआरएनए अमेरिकाको समेत संलग्नता रहेको छ ।

ज्ञापनपत्र बुझाउन जाने क्रममा एनआरएनए आईसीसी उपाध्यक्ष सोनाम लामा र सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार ।

ज्ञापनपत्र बुझाउन एनआरएनए आईसीसी उपाध्यक्ष सोनाम लामा, एनआरएनए अमेरिकाका उपाध्यक्ष बीआर लामा, सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार, एनआरएनए आईसीसीका तर्फबाट अमेरिकाक्षेत्रका लागि पूर्व डेपुटी रिजनल कोअर्डिनेटर नविन शेरचन, एनआरएनए न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु रानामगर, संचारकर्मीहरु किरण मरहठ्ठा र किशोर पन्थी राष्ट्रसंघ मुख्यालय पुगेका थिए ।

ज्ञापनपत्रको पूर्ण पाठ ।

सिमा समस्याबारे राष्ट्रसंघको ध्यानाकर्षण गराउनका लागि ज्ञापन पत्र बुझाउने योजनामा सकृय एनआरएनए आईसीसी उपाध्यक्ष सोनाम लामाले विश्वभर रहेका नेपालीहरु नेपाली भूमि अतिक्रमणबिरुद्ध एकजुट हुन आब्हान गर्नुभयो । विभिन्न देशमा रहेका एनआरएनए एनसीसीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने र ज्ञापन पत्र बुझाउने काम गरिरहेको जानकारी दिदै उहाँले सिमा अतिक्रमणबिरुद्ध सबै नेपालीहरु बोल्ने बेला भएको बताउनुभयो ।

राष्ट्रसंघले ज्ञापनपत्र बुझेको रिसिप्ट ।
ज्ञापनपत्र बुझाउन जाने क्रममा राष्ट्रसंघ महासचिवको कार्यकारी कार्यालयमा डाक्टर बिष्णुमाया परियार ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com