‘म राम्रो भएर अस्पतालबाट घर जाँदै छु : प्रधानमन्त्रीओली


प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार

१० दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार डिस्चार्ज हुनुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते भर्ना भएका ओली स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि आज बिहीबार बालुवाटार फर्किनु भएको हो ।

डिस्चार्ज भएर जाँदै गर्दा प्रधानमन्त्रीओलीले हाँस्दै भन्नुभयो ‘म स्वास्थ्यमा सुधार भएर राम्रो भएर अस्पतालबाट डिस्चार्ज भएर घर जाँदै छु।’

चिकित्सकले उहाँलाई थप संक्रमणबाट जोगाउन केही दिन अझै अस्पताल राख्ने सोच बनाएपनि ओलीले बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि उहाँलाई आजनै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीलाई भर्ना भएकै दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने भोलिपल्टसम्म भेन्टिलेटरमा राखिएको थियो । उहाँलाई संक्रमणबाट जोगाउन अस्पतालबसाई अवधिभर आईसीयुमै राखेर उपचार गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com