पोर्चुगल र लण्डनमा भारतीय दूतावास अगाडि नेपालीको प्रर्दशन , ज्ञापनपत्र हुलाकबाट


प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार

लण्डनमा नेपालीहरुको प्रदर्शन ।

– हरिकृष्ण पन्थी

भारतले सार्वजनिक गरेको नयाँ नक्सा र भारतीय सिमा अतिक्रमणबिरुद्ध पोर्चुगलमा रहेका नेपालीहरुले लिस्वनमा रहेको भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छन् । गो ब्याक ईन्डिया लेखेका प्ले कार्ड सहित प्रदर्शनमा उत्रिएका नेपालीले सिमा अतिक्रमणको विरोध गरेका थिए ।

विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले ती देशमा रहेका भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा लिस्बनमा पनि प्रदर्शन गरेका हुन् । एनआरएनएए पोर्चुगलको अगुवाईमा भएको प्रदर्शनमा विभिन्न संघ संस्थाका तर्फबाट समेत सहभागिता जनाइएको थियो ।

भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन गएका नेपालीहरुलाई भने दूतावासभित्र छिर्न नदिइएको जनाइएको छ । दूतावासले ज्ञापन पत्र बुझ्न नमानेपछि हुलाकमार्फत ज्ञापनपत्र पठाइने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्चुगलमा नेपालीहरुको प्रदर्शन ।

यसैबीच एनआरएएन युकेको नेतृत्वमा बेलायतस्थित भारतीय दुताबास अगाडि नेपालको भूभाग समेटर बनाइएकोले उक्त नक्सा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्ने लगायतका माग राखेर बिरोध प्रदर्शन गरिएको छ । मार्च पास र नारावाजी गर्न रोक लगाइएकाले मौन बसेर विरोध प्रदर्शन गरिएको थियो ।

अध्यक्ष पुनम गुरुङले विरोध कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदैँ विरोध पत्र पढेर सुनाएकी थिइन् । उनले अब इमेल र पोस्ट मार्फत पत्र हाइ कमिसन पठाइने पनि जनाइन् ।

लण्डनमा नेपालीहरुको प्रदर्शन ।

विरोधपत्रमा ऐतिहासिक दस्तावेजले उल्लेखित भूभाग नेपालकै भएको प्रष्ट्याउंदा पनि भारतले एकतर्फी नक्सा जारी गर्दा विदेशभर रहेका नेपाली दुःखी भएको उल्लेख छ । भारत नेपाल सीमा विवाद शताब्दीयौं लामो रहेको र यसको समाधानका लागि दुई देशस्थित विदेश मन्त्रालयका उच्च अधिकारीहरुबीच वार्ता भइरहेको अवस्थामा त्यसको निचोड नआउंदै नक्सा जारी गरिनु विडम्बना भएको पत्रमा जनाइएको छ । भारतको उक्त कार्य अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरित भएको पत्रमा उल्लेख छ ।

लण्डनमा पनि विरोधपत्र हुलाकमार्फत नै पठाइने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com