अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा


प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार

वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ ।गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये १५ वटा उजुरीलेठूला देश जान लागेका पढेलेखेका नेपालीहरू नै धेरै ठगीने गरेको देखाउँछ ।

यसबारेमा कारोबार दैनिकले विस्तृत समाचार प्रकाशित गरेको छ ।

विभागमा क्यानडा, अष्ट्रेलिया, पोल्याण्ड, मकाउ, स्पेन, चेक रिपब्लिक र दक्षिण अफ्रिका लगायतका धेरै आम्दानी हुने देशमा लैजाने भन्दै ठगीमा परेको उजुरी आएको विभागमा महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए । कतिपय अवस्थामा कीर्ते कागजात मिलाएर जान खोज्नेबाट समेत ठूलो रकम ठगीएको पाइएको छ । कीर्ते गरेर विदेश जान लागेकाहरूठगीमा परेको अवस्थामा उनीहरूको न्यायका लागि विभागलाई मुद्दा चलाउन नैतिक संकट परेको उनले बताए ।

विभागले गलत गरेका व्यक्तिको पक्षमा मुद्दा चलाउन नैतिक प्रश्न उठेको जनाएको छ । खाडी र मलेसियालगायतका धेरै कामदार जाने क्रममा ठगिएका पीडितको उजुरीमा प्रमाण हुने भएपनि ठूला देश जाने क्रममा ठगिएकाहरूको प्रमाण भने नभएको देखिएको विभागको भनाइ छ । विभागअन्तर्गतको टोल फ्रि सेवा केन्द्रमा आएका १०२ वटा उजुरीमध्ये १५ ठूला ठगीमा मात्र १ करोड १ लाख ९५ हजार रुपैयाँ प्रमाणबिना र कीर्ते गरेर मुद्दा चलाउन असजिलो हुने उजुरी रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना विभागमा आएको एक उजुरीमा माल्दिभ्स जानको लागि २ लाख १० हजार बुझाएर पनि प्रमाण केही नराखेको र पासपोर्ट समेत गायब परेको उल्लेख छ । यसैगरी एक युवाले क्यानडा जान २१ लाख तिरेपनि पठाउने मानिसबेपत्ता रहेको उजुरी रहेको छ । विभागले पछिल्लो दिनमा अर्मेनिया (देश) पठाउँछु भनेर ठगिएका उजुरी बढ्दै गइरहेको जनाएको छ ।

विगत २ वर्षदेखि सरकारले खाडी र मलेसिया लगायतका देशका नाममा हुने ठगी नियन्त्रण गर्न कडा कदम चालेपछि ठगले नयाँ गन्तब्यको नाममा युवा ठग्दै आएको देखिएको छ । विभागमा एक युवाले गरेको उजुरीमा अर्मेनियाँपठाउँछु भनेर ५ लाख ४५ हजार लिएर पहुँचको भरमापीडिडलाई उल्टै धम्काउन थालेको उल्लेख छ ।

एक पीडितले क्यानडा पठाउँछु भनेर १४ लाख दिएको तर दिल्ली लगेर राखेको डेढ महिना भयो भन्दै विभागमा उजुरी गरेका छन् ।यस्तै, अर्को ठगीमा क्यानडा जान भनेर २५ लाख दिएको भएपनिप्रमाण नभएका कारण न्यायको लागि प्रक्रिया अघि बढाउन सकेको छैन ।

यस्तै, चेक रिपब्लिक, अमेरिका र दक्षिण अफ्रिका लैजान्छु भनेर पीडितसँग पैसा लिएको उजुरी समेत विभागमा परेको छ । सो उजुरीमा चेक रिपब्लिक १२ लाख ८० हजार, अमेरिका २६ लाख दिएर मेक्सिकोबाट फर्कनु परेको र दक्षिण अफ्रिका लैजान्छु भनेर ६ लाख दिएको उजुरीमा देखिन्छ ।

सरकारले ठगी नियन्त्रणमा कडाई गरेपछि मेनपावरले एजेन्टमार्फत पैसा उठाएर पीडितको उजुरीबाट बच्ने उपाय झिकेका छन् । म्यानपावरले बहराइन जान लागेका युवासँग एजेन्टमार्फत पैसा दिनुपर्ने जनाउदै म्यानपावरमा सोझै भित्र छिर्न नदिने गरेको गुनासोसमेत विभागमा आएको छ ।

यसैगरी २ हजार २०० मासिक रियाल पारिश्रमिकमा भनेर पठाएपनि उता गएर ७०० मात्रै पाइएको उजुरीसमेत विभागमा दर्ता भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com