‘पत्रकारितामा सकृय हुँदा नै मनको कुनामा कला साहित्य थियो, अहिले मूर्त रुप पायो’


प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार

अमेरिकाको मेरिल्याण्ड निवासी संचारकर्मी सतिश चापागाईले लेख्नुभएको गीत उहाँकै अभिनयको भिडियो सहित सार्वजनिक भएको छ । रामकृष्ण ढकालको आवाज र आलोकश्रीको संगीतमा तिम्रो मन कोमल बोलको गीत सार्वजनिक भएको छ । यही गीतको सेरोफेरोमा रहेर चापागाईसँग गरिएको संक्षिप्त कुराकानी ।

भर्खरै तपाईले लेखेको र अभिनय गरेको गीत सार्वजनिक भएको छ । यो तपाईको पहिलो गीत हो ?

वास्तवमा यो मेरो रेकर्ड भएको तेश्रो गीत हो । यसअगाडि नै दुईवटा गीत रेकर्ड भइसकेका छन् । तर भिडियोसहित बाहिर ल्याएको यो पहिलो गीत हो । बाँकी गीतहरु भिडियो बनिसकेपछि एकबर्षभित्र सार्वजनिक हुनेछन् । साथै मेरा अरु गीतहरु पनि रेकर्ड भइरहेका छन् ।

पत्रकारितामा आफ्नो पहिचान बनाउनुभएको थियो, अचानक गीत संगीतमा सकृय हुन थाल्नुभयो नि ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म पत्रकारितामा आउनुअगाडि नै साहित्यमा कलम चलाउथे । स्कुल पढ्दादेखि नै म कविता र निवन्ध प्रतियोगितामा पहिलो, दोश्रो हुने गर्थें । कलेज पढ्ने क्रममा पनि म निबन्ध र कविता लेखनमा सकृय हुनुका साथै प्रतियोगिताहरुमा प्रथम र दोश्रो हुने गर्थें । पत्रिकामा कविता छाप्न जाने क्रममा नै मलाई अग्रजहरुले पत्रकार बनाउनुभएको हो । त्यसैले मेरो जीवनमा पत्रकारिता भन्दा पहिले साहित्य नै आएको हो । पत्रकारितामा सकृय रहदा पनि मेरो मनको कुनामा साहित्य थियो । म लेखिरहन्थें । अहिले धेरै बर्षपछि त्यसले मूर्त रुप पाएको मात्र हो ।

अहिलेसम्म के कारणले तपाईका गीतहरु आउन सकेनन् ?

गीतका लागि धेरै लगानी पनि गर्नुपर्छ । वास्तवमाम आर्थिक अभाव र विविध परिस्थीतिका कारण मैले मन लागेको जसरी गीत निकाल्न सकेको थिएन । अर्कातर्फ त्यसका लागि समय पनि मिलिरहेको थिएन । अहिले सबै कुराले व्यवस्थापन भएकाले यो सम्भव भएको हो ।

यो गीत निकाल्दा कति खर्च भयो ? आम्दानीपनि हुन्छ कि ?

यो गीत भिडियो सहित आउँदा तीन लाख रुपैया जति खर्च भयो । भर्खर सुरुवात भएकाले हामीजस्ता नयाँलाई आर्थिक रुपमा फाइदा हुने सम्भावना छैन । बरु यो मनको भावना प्रस्फुटन गर्ने माध्यममात्र हो । यो क्षेत्रका मान्छेले चिन्छन् र माया गर्छन् भन्ने हुटहुटीमात्र हो ।

मोडलको आफै देखिनुभएको छ ? मोडलिङको क्षेत्रमा पनि रुची जागेको हो ?

यो एउटा संयोग मात्र हो । म नेपालमा जाँदा यो गीतमा नै मोडलिङ गर्छुजस्तो लागेको थिएन । भिडियोकोबारेमा छलफल गर्ने क्रममा संगीतकार आलोक श्रीको अफिसमा एस्पी कोइरालासँगै जाने क्रममा एउटा अनौपचारिक फोटो खिच्यौं । त्यसपछि आलोक श्रीले फोटो हेरेर तपाई भिडियो खेल्नुपर्छ भन्नुभयो । मैले मजाकमा लिएको थिएँ । तर पछि उहाँले साँच्ची नै गरौं भन्नुभयो । त्यस्तै परिस्थीतिले म भिडियोमा अभिनय गर्न पुगें ।

गीत छायांकनका क्रममा कुनै रोचक अनुभव रह्यो ?

छायांकन सुरु गरेको केही बेरमा नै मलाई यो मेरो काम होइन, बेकारमा आएछु जस्तो लागेको थियो । म सक्दिन होला जस्तो पनि लागेको थियो । जब क्यामेराका अगाडि गीत बज्न थाल्यो, मैले आफैले लेखेको गीत नै बिर्सने अवस्था आयो । म नर्भस भएँ । तर साथीहरुको हौसलाले अभिनय गरें । वास्तवमा सोचेजस्तो सजिलो रहेनछ भिडियोमा अभिनय गर्न । तर अहिले कन्फिडेन्ट बढेको छ ।

आगामी दिनमा पनि भिडियोमा देखिने योजना छ कि ?

मैले लेखेका अरु गीतहरु यो गीतको तुलनामा मलाई बढी सुहाउने खालका छन् । फरक खालका र चकलेटी अनुहार नचाहिने गीतहरुमा म अभिनय गर्न सक्छु जस्तो लाग्छ । यो क्षेत्रमा कति अगाडि बढ्न सक्छु थाहा छैन तर काम गर्न चाँही सक्छु जस्तो लाग्छ ।

अब पत्रकारबाट कलाकारमा परिचय फेरिने सम्भावना भयो नि ?

त्यती बढी नै नहोला । म व्यवसायिक रुपमा जाने योजनामा भन्दा पनि आफैले लेखेका गीतमा मात्र अभिनय गर्ने योजनामा छु । अरु गीतमा अहिलेजस्तो मुख्य भूमिका नगर्न पनि सक्छु । व्यवसायिक रुपमा अगाडि बढ्ने सम्भावना कम होला ।

अन्त्यमा केही भन्नु छ ?

यो गीत मायाप्रेमको गीत हो । प्रेमिल छ । एउटा प्रेमीले आफ्नो प्रेमिकालाई हेरेर मनमा खेल्ने भावना गीतमा व्यक्त गरिएको छ । मेरो अभिनय भन्दा पनि नेपालका हस्तीहरुले स्वर र संगीत दिनुभएका कारण यो गीत राम्रो बनेको हो । आगामी दिनमा केही देशभक्तिका कुरा, मायाप्रेमका कुरा, विदेशको बसाईलाई समेटेर गीतहरु बनाएको ल्याउने क्रममा छु ।

यो गीतले जसजसले हेर्नुभएको छ, उहाँहरुले शब्द संगीत र अभिनयको प्रतिकृया दिनुभएको छ । प्रतिकृया पाइरहुँ । नेपाली दर्शक र श्रोताहरुले नेपाली गीत संगीतलाई माया गरिरहनुभएको छ, म पनि त्यसबाट अछुतो रहनेछैन भन्ने विश्वास गरेको छु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com