‘अमेरिकामा नेपालीहरुको चुर्क्याईं गर्ने प्रवृत्ति अझ बढेछ’ -प्राध्यायक डाक्टर खगेन्द्र लुईंटेल


प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार

प्राध्यायक डाक्टर खगेन्द्र लुईंटेलले अमेरिकामा नेपालीहरुको चुर्क्याईं गर्ने प्रवृत्ति विगतको तुलनामा अझ बढेको टिप्पणी गर्नुभएको छ । केहीदिन अगाडि अमेरिकाको भ्रमणमा आउनुभएका उहाँले खसोखाससँगको कुराकानीमा भन्नुभयो – ‘चुर्क्याईंको मात्रा घट्नुपर्ने थियो तर अझ बढेको देखें ।’

यस्तो प्रवृत्ति अमेरिकामा मात्र नभई विदेशमा बस्ने नेपालीहरुमा बढेको उहाँको भनाई छ । एउटाले अर्कोलाई नगन्ने र एकले अर्कोलाई मट्यांग्रा हान्ने प्रवृत्ति निकै गलत रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पहिचान वीरताको थियो, शान्तिको थियो । तर यस्तै गर्दै जाने हो भने पछि पछि चुर्के नेपाली भन्ने पहिचान बन्ने हो कि भन्ने चिन्ता छ ।’

लुईंटेलले यसअगाडि पनि खसोखाससँगको कुराकानीमा अमेरिकामा बस्ने नेपालीहरुले चुर्क्याईं गर्ने प्रवृत्ति इमिग्रेशनमा पनि देखाउन नपर्ने गरी नेपालबाटै ल्याएको र यहाँ आइसकेपछि त्यसको मात्रा अझ बढेको बताउनुभएको थियो । उहाँसँगको विस्तृत कुराकानी छिट्टै प्रकाशित हुनेछ ।

क श्रेणीको महेन्द्र विद्याभूषण, सम शतवार्षिकी सम्मान, अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनबाट विशेष सम्मान–अभिनन्दन, नोबल साकोस दुर्गा–विष्णु समालोचना र साहित्य सम्मान तथा पुरस्कार लगायत एकसयभन्दा धेरै सम्मान र पुरस्कारहरु प्राप्त गरिसक्नुभएका लुईंटेल त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा सम्बद्ध हुनुहुन्छ । २०३३ सालदेखि शिक्षण र प्राध्यापन पेशामा रहनुभएका उहाँले एकसयभन्दा धेरै पुस्तक लेखन, प्रकाशन र सम्पादन गर्नुभएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com