पूर्व प्रेमिकाका पतिलाई पुराना नांगा तस्वीर पठाउने नेपाली अष्ट्रेलियाको एडिलेडमा पक्राउ


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

अष्ट्रेलियाको एडिलेडमा बस्दै आएका एकजना २५ वर्षीय नेपाली युवालाई पूर्व प्रेमिकासँगका नांगा तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ती युवालाई बुधबार अष्ट्रेलियन फेडलर पुलिस एएफपीले घरमै रहेको अवस्थामा पक्राउ गरेको हो ।

ती युवाका साथमा रहेका मोबाइल फोन लगायतका सबै विद्युतीय उपकरणहरु प्रहरीले नियन्त्रणमा लिएको छ । यौन सम्पर्क राखेका भिडियोहरु र नांगा तस्वीरमार्फत सेक्सटोर्सनको गर्न खोजेको अभियोगमा घटनाको अनुसन्धान भइरहेको छ ।

ती युवालाई एडिलेडको बिहिबार मजिस्ट्रेट अदालतमा उत्पीडन र नीजि यौन सामाग्रीको वितरणको मुद्दा चलाइएको छ । ती युवा र पीडित युवती बेलायतमा रहँदा अन्तरंग सम्बन्धमा रहेको र पछि उनीहरुबीच ब्रेक अप भएको अभियोजनकर्ताहरुले बताएका छन् ।

ती नेपाली युवा गत जुनमा २ बर्षे विद्यार्थी भिसामा बेलायतबाट अष्ट्रेलिया आएका थिए । त्यसपछि पीडित युवतीले अर्कैसँग विवाह गरेकी थिइन् । त्यसपछि गत अगस्तमा ती युवाले युवतीका पतिलाई फोन गरेर इन्टरनेटको प्रयोगमार्फत युवती आफूसँग अन्तरंग सम्बन्धमा रहेको बेलामा यौनजन्य तस्वीरहरु देखाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसको तीनमहिना पछि पुन युवतीलाई नै फोन गरेर सबै तस्वीर र भिडियोहरु अपलोड गरिदिने धम्की दिएका थिए । ती सबै भिडियो र तस्वीरहरु नीजि यौन मामलाका रहेको अभियोजनकर्ताहरुले बताएका छन् ।

तीमध्ये केही फोटोहरु बेलायतका अधिकारीहरुले पनि प्राप्त गरेका थिए । त्यसपछि बेलायतका अधिकारीले अष्ट्रेलियाको संघीय प्रहरीलाई सुचित गरेका थिए । लगत्तै ती युवालाई पक्राउ गरिएको हो ।

 

एडिलेडको मजिस्ट्रेट अदालत

ती युवालाई तत्काल जमानतमा रिहा गर्नका लागि अस्वीकार गरिएको छ । रिहा भएपछि क्लाउडमा पहुच हुनसक्ने र ती युवाले त्यस्ता तस्वीरहरु सार्वजनिक गर्नसक्ने खतरा भएका कारण जमानतमा रिहा गर्न अस्वीकार गरिएको हो ।

अदालतले ती युवाका तर्फबाट वकिलले दायर गरेको जमानत आवेदन अर्को महिनासम्मका लागि स्थगित गरिदिएका छन् । नेपाली भाषामा रहेका कतिपय मेसेजहरु अनुवाद गर्नका लागि सघींय प्रहरीलाई समय दिदै जमानतको आवेदनको फैसला रोकिएको हो ।

त्योबाहेक ती नेपाली युवाको समुदायसँग बलियो सम्बन्ध नभएका कारण अष्ट्रेलिया छाडेर भाग्नसक्ने जोखिम भएको भन्दै तत्काल जमानतमा रिहा गरिएको छैन ।

ती युवाले आफ्नी पूर्व प्रेमिकालाई आफू अष्ट्रेलियन नागरिक नभएकाले र युवती अष्ट्रेलियामा नभएकाले अष्ट्रेलियाको प्रहरीले कारवाही गर्न नसक्ने समेत बताएका थिए । तर ती नेपाली युवाबिरुद्धको अभियोग प्रमाणित भएमा उनलाई अष्ट्रेलियामा नै ५ बर्षको जेलसजाय हुनसक्नेछ ।

एएफपी अन्तर्राष्ट्रिय सीमानामा भएका अपराधहरू छानबिन गर्न र कारबाहीको लागि संसारभरका अफिसहरू र कडा अन्तर्रा्ष्ट्रिय नेटवर्कहरूको साथ विशिष्ट रूपमा खडा गरिएको निकाय हो, जसका कारण व्यक्ति कहाँ बस्छ भन्ने कुराले कारवाहीका लागि कुनै फरक पार्दैन ।

सेक्सटोर्सन त्यस्तो प्रकारको ब्लाकमेल हो, जुन कुनै माग पूरा नभए आफूसँगका अन्तरंग तस्वीर र भिडियो सार्वजनिक गर्ने धम्की दिइन्छ । सामान्यतया बदला लिनका लागि, पैसाका लागि वा यौन सम्बन्धका लागि फोटो सार्वजनिक गरिदिने धम्की दिने गरेको पाइन्छ । ती नेपाली युवाले बदला लिनका लागि यसो गरेको हुनसक्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com