पोर्चुगल : एनआरएनए नेतालाई पत्रकार महासंघको चेतावनी – ‘पत्रकारलाई धम्क्याउन बन्द गर’


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

– हरिकृष्ण पन्थी / पोर्चुगल

पोर्चुगलको सडकमा सुत्ने दुईजना युवाको समाचारको विषयलाई लिएर एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले वक्तव्य जारी गरेपछि युरोपका पत्रकारहरुले त्यसको प्रतिरोध गरिरहेका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले वक्तब्य जारी गर्दै पत्रकारलाई धम्क्याउने काम बन्द गर्न चेतावनी दिएका छन् ।

राईले वक्तब्य जारी गर्दै भनेका छन् – ‘नेपाली पत्रकारमाथि नेपालमा मात्र नभएर युरोपमा समेत मानसिक आक्रमण हुने गरेका छन् । त्यस्तै एक मानसिक आक्रमण पोर्चुगलमा आफ्नो कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार समितिको प्रतिनिधि भई सुचना सम्प्रेषण गरिरहेका पत्रकार भगवान गिरीमाथि भएको छ ।’

गिरीले पोर्चुगलको नेपाली समाजबारे समाचार सम्प्रेषण गर्दा एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेले पत्रकारमाथि अनावश्यक दवाव सृजना गर्ने उद्देश्यले वक्तब्य जारी गरेको भन्दै पत्रकार महासंघ युरोप शाखाले विरोध जनाएको छ । वक्तब्यमा भनिएको छ – ‘नेपालबाट दलालमार्फत ल्याइएका नेपालीहरु विभिन्न कारणले घरबास विहिन हुँदा समेत उनीहरुको उद्दारमा त्यहाँका कथित समाजसेवी तथा एनआरएनए त्यता केन्द्रीत हुनुको साटो समाज सेवाको आडमा गरिने मानव तस्करी र पीडित नेपालीको उद्दारको आशयसहित सडकमा जीवन विताउन बाध्य नेपालीहरुका बारेमा लेखिएको समाचारमाथि आक्रमक हुनुले झनै शंका उब्जाएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मानव तस्करी र दलालहरुको मनोवल बढाउने गरेर गरिने यसप्रकारको आक्रमणले सम्बन्धित संस्था वा व्यक्तिको शंकास्पद संलग्नतालाई ईगित गर्नेतर्फ समेत सचेत हुन सबैलाई अनुरोध गर्दछौं ।’ –  वक्तब्यमा भनिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com