३९ आप्रवासीको शव भेटिएको गाडीका चालकबाट कागजपत्रविहिनको ओसारपसार गरेको स्वीकार
प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार
Police officers drive away a lorry (C) in which 39 dead bodies were discovered sparking a murder investigation at Waterglade Industrial Park in Grays, east of London, on October 23, 2019. – British police said 39 bodies were found near London Wednesday in the container of a truck thought to have come from Bulgaria. Essex Police said the people were all pronounced dead at the scene in an industrial park in Grays, east of London. Early indications suggest the victims are 38 adults and one teenager. A 25-year-old man from Northern Ireland has been arrested on suspicion of murder. (Photo by Ben STANSALL / AFP) (Photo by BEN STANSALL/AFP via Getty Images)
बेलायतको एसिक्समा ३९ आप्रवासीको शव भेटिएको गाडीका चालकले अवैध रूपमा मानिस ओसारपसार गर्ने योजनामा आफू संलग्न भएको स्वीकारेका छन् । चालक मोरस रोबिन्सनले अरू मानिससँग मिलेर झण्डै डेढबर्ष आफू गैरकानुनी रुपमा कागजपत्रविहिनको ओसारपसारमा संलग्न रहेको अदालतसमक्ष स्वीकारेका हुन्।
पच्चीस वर्षीय रोबिन्सनलाई गैरकानुनी रूपमा विदेशी नागरिकहरूलाई बेलायत ल्याउने एउटा ठूलो योजनामा सहभागी भएको आरोप लागेको छ। तर उनलाई ३९ जनाको हत्याको अभियोग स्वीकार्न भनिएको थिएन।
गत अक्टोबर २३ मा ग्रेज वाटरग्लेड औद्योगिक क्षेत्रमा रोकेर राखिएको एउटा गाडीमा ३९ जना भियतनामी नागरिकको शव फेला परेका थिए। तीमध्ये केही किशोरकिशोरीका शव पनि थिए। सोमवार उनलाई भिडिओमार्फत् अदालतमा पेस गरिएको थियो। उनले आफ्नो नाम बताएका थिए र आफू ब्रिटिश नागरिक भएको पुष्टि गरेका थिए।
उनले गत वर्ष मे महिनादेखि यो वर्ष अक्टोबर महिनासम्म अपराध गरेबापत रकम लिएको स्वीकारे। उनलाई मानव तस्करी र कालोधन स्थानान्तरण गरेका अभियोगहरू लगाइएको छ।
उनी डिसेम्बर १३ मा अर्को सुनुवाइ नभएसम्म हिरासतमा रहनेछन्।गाडीमा आठ महिला र दुई १५ वर्षे किशोरसहित ३१ पुरुष थिए। उक्त घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका अन्य तीन जना धरौटीमा छुटेका छन्।






