अमेरिकाको थ्यांक्सगिभिङ परेडमा पहिलोपटक यसरी झल्काइयो नेपाल (१८ तस्वीर)


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

अमेरिकाको थ्यांक्सगिभिङ परेडमा पहिलोपटक नेपालको झण्डा फहराइएको छ । आज मेरिल्याण्ड राज्यको सिल्भरस्प्रीङमा आयोजित थ्यांक्सगिभिङ परेडमा नेपालको झण्डा फहराउँदै नेपालीहरुले सहभागिता जनाएका छन् ।

मोन्टगोमरी काउन्टीले आयोजना गरेको अष्टलक्ष्मी र लाखे नाच प्रदर्शन र नेपाली मौलिक बाजागाजासहित नेपालीहरुको सहभागिता रह्यो ।

नेपाली झण्डा र नेपाल भ्रमण वर्ष २०२० को टिसर्टसहित नेपालीहरु सहभागी भए ।

५० हजारभन्दा धेरैको सहभागिता रहेको उक्त बार्षिक परेडमा २ सयभन्दा धेरै समुहले झाँकी प्रदर्शन गरेका थिए । परेडमा उपस्थीत हजारौंले नेपाली परेड चाख मानेर हेरेका थिए ।

१ सय भन्दा धेरै कलाकारहरुको प्रस्तुती रहेको परेडमा १२ फुटको हावाले भरिएको पेंगुईन, १२ फुटको हावाले भरिएको डायनोशर, स्कुल कलेजका व्यवसायिक मार्चिंग ब्याण्डहरु, सुन्दरीहरु, जोकरहरु सामेल थिए । परेडको विभिन्न अमेरिकन टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरे । परेडमा उच्चतहका अमेरिकन राजनीतिज्ञहरु, सांसदहरु, स्थानीय सरकारका प्रतिनिधिहरु सहभागी थिए ।

परेडमा सहभागी लोकेश तिवारीले खसोखासका लागि खिचेका केही तस्वीरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com