४ र ५ बर्षका प्रहरी नायब निरीक्षकहरु सनसाइन र सन्निभा !


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

नेपाल प्रहरीले शान्ति सुरक्षामा गरेको योगदानप्रति सम्मान व्यक्त गर्न अमेरिकामा दुई नेपाली बालिकाले सईको युनिफर्म लगाएका छन् । अमेरिकाको टेक्सास निवासी पत्रकार सूर्य थापाका दुई छोरीहरु सनसाइन थापा र सन्निभा थापाले नेपाल प्रहरीको युनिफर्म लगाएका हुन् ।

उनीहरुले नै इच्छा व्यक्त गरेपछि आफूहरुले राष्ट्रसेवक नेपाल प्रहरीप्रति सम्मान प्रकट गर्नका लागि यो युनिफर्म तयार पारिदिएको र नेपाल प्रहरीप्रति आफ्ना छोरीहरुको सम्मानले नयाँ पुस्तालाई पनि सन्देश दिनसक्ने थापाको विश्वास छ ।  सुरुमा कान्छी फुपु प्रहरी नायब निरीक्षक विपना थापाको युनिफर्म देखेर यी दिदीबहिनीहरु प्रहरीको युनिफर्मप्रति आकर्षित भएका थिए ।

प्रहरीको युनिफर्ममा देखिएका सनसाइन र सन्निभा निकै रमाएका तस्वीरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

अमेरिकामा जन्मिएका सनसाइन र सन्निभा दुबै नेपाली मुलका अमेरिकी नागरिक हुन् ।

उनीहरुमध्ये सनसाइन ५ बर्षकी भइन् भने सन्निभा ४ बर्षकी भइन् । अमेरिकामा जन्मे हुर्केपनि उनीहरुले नेपाली कला संस्कृतिमा निकै चासो राख्ने गरेको र प्रष्ट नेपाली भाषा बोल्ने तथा बुझ्ने उनीहरुका पिता सूर्य थापाले जानकारी दिए ।

दुबैको नेपाली गीत र नाचगानमा समेत रुची छ भने दुबैजना तेक्वान्दोका एल्लोबेल्ट समेत हुन् । उनीहरु नेपाली भाषाका अक्षरहरु लेख्नसमेत सक्छन् । नेपाली भाषा बोल्न र लेख्न उनीहरुले घरमा नै सिकेका हुन् ।

सनसाइन र सन्निभाले नेपालप्रहरीप्रति सम्मान प्रकट गर्न नपाल प्रहरीको युनिफर्म लगाए लगत्तै न्युयोर्कमा ५ बर्षका दुईजना जुम्ल्याहाले न्युयोर्कप्रहरीप्रति सम्मान प्रकट गर्न न्युयोर्क प्रहरीको युनिफर्म लगाएको समाचार आएको छ ।

५ बर्षका इभान र आरोनका लागि न्युयोर्क पुलिस डिपार्टमेन्ट लेखेको सानो कार समेत छ । उनीहरु त्यो कारमा चढेर प्रहरी कार्यालय पुग्दा प्रहरीहरु चकित परेका थिए भने आफूहरुप्रति दर्शाएको सम्मानका लागि आभार व्यक्त गरेका थिए ।

त्यसपछि उनीहरुलाई प्रहरीका अन्य चौकीहरुबाट पनि निमन्त्रणा आएको छ ।

उनीहरु अमेरिकाका विभिन्न राज्यहरुमा समेत पुगेर प्रहरीलाई धन्यवाद दिएका छन् । यी जुम्ल्याहा बच्चाहरु पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com