अमेरिकाज गट ट्यालेण्टमा आज आफ्नो कला र क्षमता देखाउँदै दिनेश, आजै जन्मदिन


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तीनपटक पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारले आज अमेरिकाज गट ट्यालेण्टमा भाग लिदै छन् । उनले आज दिउसो न्युयोर्कको म्यानहटनमा रहेको ज्याकोब जाभिट सेन्टरमा अमेरिकाज गट ट्यालेण्टका निर्णायक र कैयन दर्शकहरुसमक्ष आफ्नो कला प्रदर्शन गर्नेछन् । आज दिनेशको जन्मदिन समेत हो ।

आज आफूले स्टेजबाटै पार्करमा चौथो नयाँ विश्व रेकर्ड कायम गर्नका लागि प्रयास गर्ने दिनेशले बताएका छन् । अमेरिकाज गट ट्यालेण्टको  प्लेटफर्ममा समेत नेपालको प्रवद्र्धन गर्ने उनको भनाई छ । साथै अमेरिकामा रहँदा नेपाल र भ्रमणवर्ष २०२० को प्रवद्र्धनका लागि समेत उनले योजना बनाएका छन् ।

ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा लि को सहकार्यमा उनले अमेरिकाज गट ट्यालेन्ट कार्यक्रम नेपालको प्रतिनिधित्व गरि नेपालको इतिहासमा नै पहिलोपटक भाग लिन लागेका हुन् । ब्यालेन्स ग्रुप अफ कम्पनीजका कार्यक्रम संयोजक मनोज पन्थी पनि न्युयोर्क आइपुगेका छन् ।

दिनेशले यसअघि ३० सेकेण्डमा १२ पटक ट्विस्टिङ्ग ब्याक फ्लिप्स गरेर द मस्ट ट्विस्टिङ्ग ब्याक फ्लिप्स इन बालमा रेकर्ड बनाएका हुन् ।
अमेरिकाको चर्चित टिभी कार्यक्रम अमेरिका गट ट्यालेन्टमा सहभागी हुने दिनेश पहिलो नेपाली खेलाडी हुनेछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com