चीनसँग रेलमार्गबारे मंगलबारबाट बैठक


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

मंसिर ५ , काठमाडौं । नेपाल र चीनबीच आगामी मंगलबारबाट काठमाडौंमा सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे बैठक हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको एमओयूअनुसार आयोजनाको डीपीआर तयारीबारे छलफल गर्न लागिएको हो ।

बैठकमा चिनियाँ पक्षको नेतृत्व रेल्वे हेर्ने उपमन्त्रीले र नेपाली पक्षको नेतृत्व भौतिक मन्त्रालयका सचिवले गर्नेछन् । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले बिहीबार पदभार ग्रहण गर्दै यस सम्वन्धी कार्यादेशमा हस्ताक्षर गरे ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीका अनुसार यो पटकको बैठकले डीपीआर बनाउन सुरु गर्नेबारे अन्तिम टुंगो लगाउनेछ । केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भीक अध्ययन भइसेकेको छ । चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुन्छ ।

अहिलेसम्म लगानीको मोडालिटीमा भने दुबै देशले गृहकार्य गरेका छैनन् । परियोजनामा लगानीको लागि अनुदान वा ऋण के र कति हुने भन्नेबारे छलफलसमेत भएको छैन ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण्मा डीपीआर चीनले नै खर्चेर बनाउने समझदारी भएको थियो । अब सो कार्य अघि बढाउन मंगलबारबाट काठमाडौंमा नै द्विपक्षीय बैठक बस्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब ७३ किलोमिटर लामो रेलमार्ग बनाउन ९ वर्ष लाग्ने अनुमान छ । रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुने प्रारम्भीक अध्ययनले देखाएको छ । नेपाल र चीनबीच ०७२ सालमा व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण समझदारी भएको थियो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com