अमेरिकी नागरिकता रोज्ने वा नेपाली काँग्रेस र जनसम्पर्क ? मध्यमार्ग खोज्दै अमेरिकी जनसम्पर्क !


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

नेपाली काँग्रेसले विदेशको नागरिकता लिएको व्यक्ति पार्टीको कृयाशिल सदस्य हुन नसक्ने वैधानिक प्रावधान बनाएपछि सृजना भएको अन्यौल अहिलेसम्म यथावत नै छ । जसका कारण अमेरिका लगायत विदेशमा रहेका नेपाली काँगेस सम्बद्ध जनसम्पर्कसमितिले अधिवेशन समेत गर्न पाएका छैनन् ।

नेपाली काँग्रेसको नयाँ विधानको १२ नम्बर बुँदाको ख मा नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेको १ बर्ष पुगेको विदेशमा बसेको नेपाली नागरिकले नेपाली काँग्र्रेसको कृयाशिल सदस्यता प्राप्त गर्नका लागि सम्बन्धित देशको जनसम्पर्क समितिमा तोकिएबमोजिम आवेदन गर्न सक्ने तर त्यसका लागि नेपाली नागरिकता र नेपाली राहदानीको प्रमाणित प्रतिलिपी पठाउनुपर्ने व्यवस्था गरेको छ । यसर्थ जनसम्पर्क समितिको कार्यसमितिमा आउनका लागि नेपाली काँगेसको कृयाशिल सदस्य हुनुपर्ने प्रावधान रहेका कारण विदेशको नागरिकता लिएका र जनसम्पर्क समितिको कार्यसमितिमा आउन चाहनेमाथि बन्देज लागेको छ ।

नेपाली काँग्रेसको विधान

खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत जस्ता मुलुकमा बस्दै आएका नेपाली काँग्रेसहरुलाई विदेशको नागरिकता लिएको खण्डमा पार्टीको कृयाशिल सदस्य हुन नपाउने प्रावधानले ठूलो झड्का लागेको छ । किनभने यी मुलुकहरुमा बस्ने कैयनले अहिलेसम्म ती देशको नागरिकता लिएरै नेपाली काँग्रेसको सकृय राजनीति समेत गर्दै आएका छन् । अब उनीहरुलाई नेपाली काँग्रेसको राजनीतिमा सकृय हुनमात्र होइन, जनसम्पर्क समितिकै कार्यसमितिमा आउनसमेत बन्देज लागेको छ ।

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छनौट लगायतका प्रकृयामा पनि विदेशको नागरिकता लिएकाहरु सहभागी हुन पाउनेछैनन् । अहिलेकै जनसम्पर्क समितिका कार्यसमितिहरुमा समेत विदेशको नागरिकता लिएका नेपालीहरु रहेका कारण उनीहरुको कृयाशिल सदस्यता समेत धरापमा परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म्याद सकिएका जनसम्पर्क समितिको अधिवेशन ६ महिनाभित्र

नेपाली काँग्रेसले म्याद सकिएका विदेशमा रहेका जनसम्पर्क समितिहरुको अधिवेशन ६ महिनाभित्र गर्न निर्देशन दिएको छ । गत कार्तिक ५ मा मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन तयारी समितिका अध्यक्षलाई पत्राचार गरेर यसबारे जानकारी गराएका थिए ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको भदौ १७ गते बसेको बैठकले पार्टीसँग आवद्ध विदेशस्थीत नेपाली जनसम्पर्क समितिहरुमध्ये म्याद समाप्त भएका जनसम्पर्क समितिहरुका कार्य समितिहरुलाई अधिवेशन तयारी समितिमा रुपान्तरण गर्ने र त्यस्ता जनसम्पर्क समितिहरुले कृयाशिल सदस्यता वितरण र नविकरणको कार्य सम्पन्न गरी केन्द्रसँग समन्वय गरी बढीमा ६ महिनाभित्र अधिवेशन गर्ने गरी यथाशीघ्र प्रकृया आरम्भ गर्न निर्देश गर्ने निर्णय गरेको थियो । यो निर्णय गरेको पनि तीनमहिना हुन लागिसकेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको म्याद सन् २०१७ को नोभेम्बरमा नै सकिएको हो । अहिले म्याद सकिएको २ बर्ष पुगिसकेको छ भने सभापति आनन्द बिष्ट नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यको भूमिकामा रहेका छन् । पहिले नै अधिवेशन हुनमा कैयन समस्याबाट गुज्रेको नेपाली जनसम्पर्क समिति अमेरिकामा कार्यसमितिमा आउन र पार्टीको कृयाशिल सदस्य हुनका लागि अमेरिकी नागरिकता लिएको हुन नहुने प्रावधानले समस्या थपिदिएको छ ।

६ महिनाभित्र अधिवेशनका लागि गरिएको परिपत्र ।

के छ समाधानको उपाय ?

यो समस्या समाधानका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले नोभेम्बर १९ मंगलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव सहितको पत्र पठाइसकेको श्रोतले जनाएको छ । पत्रमा ६ महिनाभित्र अधिवेशन गर्न पार्टीले निर्देशन अक्षरस पालना गर्दै अधिवेशन प्रकृयामा अगाडि बढेको बिष्टले पार्टी सभापति देउवालाई जानकारी गराएका छन् ।

तर विदेशस्थीत नेपाली जनसम्पर्क समितिहरुले कृयाशिल सदस्यता वितरण र नविकरणको कार्य सम्पन्न गरी केन्द्रसँग समन्वय गरी बढीमा ६ महिनाभित्र अधिवेशन गर्ने गरी यथाशीघ्र प्रकृया आरम्भ गर्न भनिएकोमा सो अनुशार अधिवेशन प्रकृया अगाडि बढ्नमा समस्या भएको जनसम्पर्क समिति अमेरिकाको ठहर छ । त्यसका लागि नोभेम्बर १४ मा बसेको जनसम्पर्क समिति अमेरिकाको बैठकले अधिवेशन प्रकृया सहजिकरणका लागि केही सुझावहरु तयार गरेको थियो । ती सुझावहरु पार्टी सभापति देउवालाई पठाइएको छ ।

जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट ।

नेपाली जनसम्पर्क समिति अमेरिका अमेरिकाको कानुनी प्रकृया पूरा गरी वैधानिक रुपमा दर्ता भएको समिति भएकाले अमेरिकी कानुन अनुशार समितिको साधारण सदस्यता वितरण गरेपछिमात्र अधिवेशन गर्नुपर्ने वैधानिक प्रावधान छ । यो वैधानिक समस्या अमेरिकाकोमात्र नभएर युरोपका देशहरु, क्यानडा, अष्ट्रेलिया र बेलायतको पनि हो । जनसम्पर्क समितिको कार्यसमितिमा आउनका लागि कृयाशिल सदस्य हुनुपर्ने र कृयाशिल सदस्य हुनका लागि विदेशको नागरिकता लिएको हुन नहुने प्रावधानका कारण कुनै वैकल्पिक उपाय नखोजे कैयन काँग्रेसहरु अधिवेशन प्रकृयाबाट वञ्चित हुनसक्ने जनसम्पर्क समिति अमेरिकाको ठहर छ ।

अमेरिकी नागरिकता लिएको व्यक्ति जनसम्पर्क समिति अमेरिकाको सभापति हुन पाउनुपर्ने तर नेपाली काँग्रेसको पदेन महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन नपाउने व्यवस्थासहित महाधिवेशनका लागि बाटो खोलिदिन पार्टी सभापति देउवालाई अनुरोध गरिएको छ । साथै विदेशमा रहेका जनसम्पर्कसमितिहरुलाई सम्बन्धित देशको कानुन अनुशार साधारण सदस्यता वितरण गरी नेतृत्व चयन गर्ने प्रावधानको व्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।

जनसम्पर्क समितिको सुझावलाई नेपाली काँग्रेसले स्वीकार गरेको खण्डमा अमेरिकी नागरिकता लिएको व्यक्ति समेत जनसम्पर्क समितिको कार्यसमितिमा आउन त सक्नेछ तर माउपार्टीको कृयाशिल सदस्य हुन नपाउने भएका कारण महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्यका रुपमा प्रतिनिधित्व गर्न पाउनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com