सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

बर्सेनी पहिरो गएर थुप्रै नागरिकको ज्यान गएको सिद्धबाबा पहिरोग्रस्त क्षेत्रका अब सुरुङमार्ग निर्माण हुने भएको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र विकासका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता गरेलगत्तै यस क्षेत्रका नागरिक खुशी भएका छन् ।

राष्ट्रिय योजना आयोगबाट स्वीकृत योजनाका लागि रु १० अर्ब १५ करोड स्वीकृत भएको छ । सिद्धबाबा क्षेत्रको करिब एक किलोमिटर ७०० मिटर सडक सुरुङमार्ग बनाउन स्टिमेट र डिजाइन स्वीकृत भएको हो । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का लगाई डिजाइनअनुसार काम अगाडि बढाउन भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई भनेको छ । अर्थ मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीद्वारा हस्ताक्षरित स्रोत सुनिश्चिता पत्र सम्बन्धित सडक डिभिजन कार्यालयमा पठाइएको छ ।

यही मङ्सिर १ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्ग निर्माणका लागि हरेक वर्ष रकम सुनिश्चित गर्ने गरी निर्णय गरेको हो । अर्थ मन्त्रालयले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई पत्र लेखेर सहमति दिएसँगै सडक निर्माणका निम्ति ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

हिउँद तथा बर्सातको समयमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर थुप्रै नागरिकको ज्यान गएको क्षेत्रमा पटक पटक निर्माण कार्य हुने र बर्सेनी अनुगमन गरिने क्षेत्रबाट अब भने सुरक्षित सडक निर्माण हुनेमा सर्वसाधारण नागरिक विश्वस्त छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाल्पा बुटवल सडकखण्डको सिद्धार्थ राजमार्ग अन्तर्गतको यो सडकमा बर्सेनी नागरिकले ज्यान गुमाउँदै आएका छन् । सहमतिपत्र सार्वजनिक भएसँगै स्याङ्जा, पाल्पा हँुदै बुटवलसम्म जाने–आउने यात्रुहरु सुरक्षित यात्रा गर्न पाउनेमा ढुक्क हुने भएपछि खुशी भएको पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा पूर्वमन्त्री दलबहादुर बताउनुभयो । सांसद रानाले पाल्पाका लागि व्यापारिक केन्द्र बुटवल आउनजान बढी पर्ने भएकाले पनि यो मार्गमा सुरुङमार्ग निर्माण हुनुले आफू निकै खुशी भएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com