एसीसी इमर्जिङ कप : बंगलादेशसँग ८ विकेटले हार्‍यो नेपाल


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

मंसिर ०२, काठमाडौं । एसीसी इमर्जिङ कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन ।

नेपालका करण केसी र सुशन भारीले समान १/१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।

तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपाल ३८ रनमा आउट भए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com