अमेरिकामा एसाइलम अस्वीकृत हुनेलाई ग्वाटेमालाको दुर्गम जंगल पठाउने प्रस्ताव


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

मध्य अमेरिकी राष्ट्रहरु र ट्रम्प प्रशासनबीचको सहमतिको एउटा भाग अनुशार अमेरिकी सिमाक्षेत्रमा एसाइलम अस्वीकृत हुनेहरुलाई ग्वाटेमालाको जंगलमा रहेको एउटा विमानस्थलमा लगेर छाड्न सकिने प्रस्ताव ग्वाटेमालाले गरेको छ ।  ग्वाटेमालाका गृहमन्त्री एनरिक डेगनहर्ट अमेरिकासँग सहमतिलाई अन्तिम टुंगो लगाउन शुक्रबार वासिंटन डिसीमा आएका थिए ।

ग्वाटेमालाको राजधानीदेखि निकै टाढा रहेको पेटे डिपार्टमेन्टमा अमेरिकाबाट आप्रवासीहरुलाई लिने र सेटल गर्ने योजना ग्वाटेमालाले बनाएको छ । योजना अनुशार अमेरिकी अधिकारीहरुले कागजपत्रविहिनहरुलाई पेटेन मुन्डो माया पठाउनुपर्नेछ ।

मुण्डो माया इन्टरनेशनल एयरपोर्ट ।

पेटेन मुन्डो माया विमानस्थल मायन खण्डहरु हेर्न जाने पर्यटकहरुले आफ्नो गन्तब्य बनाउने गरेका छन् । त्यहाँबाट अमेरिकाका लागि कुनै सिधा उडान छैन । जसका कारण अमेरिकी एभियसनले नयाँ बाटो स्वीकृत गराएरमात्र त्यहाँ आप्रवासीलाई पठाउन सकिनेछ ।

अमेरिकाले पेटेन मुण्डोमा पुनर्वासका लागि सुविधाको कमी रहेको भन्दै ग्वाटेमालाको प्रस्ताव स्वीकारेको छैन । अमेरिकी सरकारले पेटेनको जंगलमा नभई ग्वाटेमालाको अरु अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी पठाउने व्यवस्थाका लागि ग्वाटेमालालाई सुझाव दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुण्डो माया इन्टरनेशनल एयरपोर्ट ।

ग्वाटेमालाका गृहमन्त्रीले भने पेटेन अमेरिकाबाट पठाइने कागजपत्रविहिनका लागि आकर्षक विकल्प भएको बताएका छन् । उनका अनुशार अमेरिकासँग सिधा उडान नभएपनि पेटेन माया विमानस्थल ग्वाटेमालाको अन्तर्राष्ट्रिय विमानस्थल मध्येको एक हो । उनले केही एसाइलम आवेदकलाई ग्वाटेमाला सिटी र केहीलाई पेटेन पठाउन सकिने समेत बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com