अमेरिकामा गोलीकाण्ड, पाँचको मृत्यु


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

मङ्सिर रासस-सिन्ह्वा ः अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ । हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको सो स्रोतले जनाएको छ ।

स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ । उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको जनाइएको छ ।

स्थानीय समयानुसार शनिबार विहान ६।४९ मा घटनाका बारेमा प्रहरीलाई पहिलो फोन आएको प्रहरी स्रोतले जनाएको छ । मृत्यु भएका मध्ये एक जना तीन वर्षे बालक, एक जना २९ वर्षीया महिला र ३१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । अर्का ५ वर्षीय र नौ वर्षीय दुई बालकको अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली लागी घाइते भएका अर्का ११ वर्षीय एक बालकको भने अहिले अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनास्थलमा प्रहरीले एउटा बन्दुक भेटिएको बताएको छ । घटना किन र के कारणले भयो भन्ने बारेमा केही थाहा पाउन नसकिएको प्रहरीको भनाई छ ।

प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएका छन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com