सचिन तेन्दुल्करले गरे पशुपतिनाथ दर्शन


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

चर्तित भारतीय क्रिकेटर सचिन तेन्दुल्करले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार राति नेपाल आएका तेन्दुल्कर आइतबार बिहानै पशुपतिनाथ पुगेका हुन् । बिहान साँढे ७ बजे पशुपति पुगेका उनी दर्नश गरी आधा घन्टापछि बाहिरिएका थिए।

संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी अभिसन्धि पारित भएको ३० औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन युनिसेफ नेपालले सचिनलाई काठमाडौं ल्याएको हो। सचिन युनिसेफको दक्षिण एसियाका सद्भावना राजदूत हुन्।

उनले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेटसमेत खेलेका थिए । नेपालका पूर्व कप्तान विनोद दास र सचिनसतिबालबालिकाहरुले क्रिकेट खेलेका थिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com