नेपाली किशोरीले बनाएको चित्र अमेरिकी लेखकको पुस्तकमा आवरण


प्रकाशित मिति : श्रावण २९, २०७३ शनिबार

 
-विजय थापा 
 
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने  लेखक ड्यारेन डडसनले आफुले प्रकाशित गरेको पुस्तकमा नेपाली किशोरी लता गौडेलले बनाएको चित्रलाई आवरण बनाएका छन् ।
 
भर्जिनियाको स्यानटिलि शहरमा बसोबास गर्दै आएकी १७ बर्षिय ११ कक्षा उत्रिण गौडेलले आफुले बनाएको चित्र अमेरिकन पुस्तकमा छापिएकोमा हर्ष व्यक्त गरिन । लेखक डडसनको साइकामोर ,ए फेरीटेल टरटल नामक पुस्तकमा प्रकाशित हुनु एउटा मौका मात्र पाएकोगौडेलले बताइन ।
 
ड्यारेन डडसन  बालबालिकाहरुका लागि निरन्तर लेख्नेलेखक हुन् भने उनि विश्व भरका मुख्य मनोरंजन ,चिडियाखाना तथा जल जीवालय आदिका कला निर्देशक पनि हुन्।  उनले उक्त पुस्तकमा पात्रहरु डिजे ,जोजो ,साईकामोर तथा कछुवाले सगरमाथा तथा काठमाडौँको यात्रा गरेको सम्बन्धि काल्पनिक कथा प्रस्तुत गरेका छन् ।
 
यस पुस्तकले अमेरिका आएका बालबालिका तथा अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई निकै मनोरंजन दिने तथा केहि ज्ञान समेत दिने विश्वास गरिएको छ।  लेखक ड्यारेन डडसनले उनको पुस्तकलाई प्रकाशित गर्न ठुलो भूमिका निर्वाह गर्ने नेपाली मूलका जग्गनाथ शर्मालाई बिशेष धन्यबाद दिएका छन् ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com