३० कात्तिक (रासस-एएनआई) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जानुहुने भएको छ ।
नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
“राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उहाँले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,” ह्वाईट हाउसका एक अधिकारीले भने’ ।
ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जानुहुने उल्लेख गरिएको छ ।
आउदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उहाँले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्नु हुने भएको छ ।
–––
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।