रङ्गशाला निर्माण तीव्र गतिमा


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

नवलपुर, ३० कात्तिक (रासस) ःचितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामले तीव्रता पाएको छ । क्रिकेट मैदान सम्याउने र नाली निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ ।

रङ्गशालाको निर्माण समयमै सम्पन्न गर्नका लागि काम युद्धस्तरमा अगाडि बढिरहेको धुर्मुससुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताउनुभयो । रङ्गशालाको निर्माणका लागि आफू दिनरात खटिएको बताउनुभएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म रङ्गशाला निर्माणको काममा जुटेको धुर्मुसको भनाइ छ ।

नवलपुरको गैँडाकोटमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले क्रिकेट मैदान सम्याउने काम अगाडि बढिरहेको जानकारी दिनुभयो । “अहिले राति अबेरसम्म पनि रङ्गशाला निर्माणको काममा जुटिरहेका छौँ”, उहाँले भन्नुभयो ।

मैदान सम्याउने र नालीको काम पूरा भएपछि पक्की निर्माणको काम अगाडि बढाउने उहाँले बताउनुभयो । हाल कम्तीमा पनि ८० कामदार खटिएर नाली निर्माणका लागि डिपिसीको काम भइरहेको कट्टेलले बताउनुभयो । क्रिकेट मैदानका लागि जमीनको सतहबाट दुई फिट उचाइमा माटो उठाउनुपर्ने भएकाले माटोलाई रोलरले पेल्दै सम्याउँदै अगाडि बढिरहेको कट्टेलको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“क्रिकेट मैदानका लागि मुख्य मैदान निर्माणसँगै क्रिकेट अभ्यासका लागिसमेत मैदान तयार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “रङ्गशाला हेर्नका लागि आउने र खेल्नका लागि आउनेका लागि क्रिकेट मैदानको ‘स्याम्पल’ बनाएका छौँ, यसरी हामीले रङ्गशाला निर्माणको काम अगाडि बढाएका छौँ ।” खेल्नका लागि योग्य मैदान चाँडै नै निर्माण हुने जानकारी दिँदै धुर्मुसले स्रोत व्यवस्थापन भएको अवस्थामा २२ महिनाभित्रमा सम्पूर्ण संरचनासहित रङ्गशाला निर्माण पूरा गर्न सकिने बताउनुभयो ।

क्रिकेट रङ्गशाला समयमै निर्माण सम्पन्न गर्नका लागि सबै नेपाली अभियान्ता बनेर तन, मन र धनले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । भरतपुरमा निर्माण भइरहेको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सहयोग गर्न गैँडाकोट नगरपालिकामा नगरस्तरीय सहयोग समिति बनेको छ । नगर उपप्रमुख विष्णुकुमारी कँडेलको संयोजकत्वमा नगरस्तरीय सहयोग समिति निर्माण गरिएको हो ।

करिब रु दुई अर्ब ६० करोड लागतमा चितवनको भरतपुर–१५ मा रहेको कृषि तथा वन विश्वविद्यालय परिसरमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । बीस बिघा छ कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको अत्याधुनिक सुविधासम्पन्न रङ्गशालामा २५ हजार दर्शक क्षमताको हुनेछ । नेपालको मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुने जनाइएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com