कृषि क्षेत्रको अनुगमन
प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

प्रदेश नं ५ सरकारका प्रदेश सभासद सदस्य युवराज खनालले पूर्वी पाल्पामा सञ्चालित विभिन्न कृषि योजनाको अनुगमन गर्नुभएको छ । कृषिमा युवालाई आत्मनिर्भर बनाउँदै आर्थिक उपार्जनमा लागेका कृषकले गरेका कामको समेत उहाँले निरीक्षण गर्नुभयो ।
रामपुर नगरपालिकाभित्र सञ्चालित कृषि फार्मको अनुगमनका क्रममा उहाँले प्रदेश सरकारको सहयोगमा गरिएका कामले आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्न कृषकलाई सघाएको बताउनुभयो । कतिपय कृषि योजना रकम अभावमा अलपत्र पर्ने गरेका उदाहरण दिँदै खनालले प्रदेशले गरेको सानो सहयोगले पनि कतिपय नागरिकलाई ठूलो राहत मिलेको स्पष्ट पार्नुभयो ।
उहाँले पाल्पामै पहिलोपटक सञ्चालनमा आएको साइलेस उद्योगका निम्ति यन्त्र खरीदमा प्रदेश सरकारले रु २५ लाख अनुदान सहयोग गरेको जानकारी दिनुभयो । प्रदेश सरकारले कृषि उद्यमी व्यवसायीलाई लक्ष्य गरी लक्ष्यधेनु गाई फार्मलाई रु नौ लाख २७ हजार, श्रीकृष्ण भैँसी विकास तथा बीउबिजन स्रोत केन्द्र मैदानबारीलाई रु चार लाख, रामपुर एग्रोफार्म खैरेनीका लागि रु चार लाख, रामपुर कटेज दूध डेरीका निम्ति रु चार लाख, ब्रदर्श एग्रोफार्म तालपोखराको लागि माछापालनमा रु दुई लाख २७ हजार, मिलीजुली गाईफार्मलाई रु दुई लाख गरी रामपुर क्षेत्रमा करीब रु ५० लाख अनुदान प्रदान गरेको छ ।
–––