नवौँ विश्व रेन्जर सम्मेलन,रेन्जरहरु छलफलमा व्यस्त


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

सौराहामा जारी नवौँ विश्व रेन्जर सम्मेलनमा सातवटा मूल विषयमा समुच्च र त्यसभित्रका साना विषयवस्तुमा समूहगत छलफल जारी रहेको छ । कात्तिक २६ गतेबाट शुरु भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै चितवन घोषणापत्र जारी गरेर शनिबार सकिँदैछ ।

अन्तरराष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयृुक्त आयोजनामा एशियामानै पहिलोपटक नेपालमा सम्मेलन भएको हो । सम्मेलनमा नाम दर्ता गराउँदा प्रमुख सात विषयमध्ये कुनै पनि विषयमा केन्द्रित हुने गरी प्रस्तुतीकरण गर्नका लागि नाम दर्ता गरिएको थियो । सोहीअनुसार सहभागीले आफ्नो प्रस्तुतिसँगै छलफलमा सहभागी भइरहेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार संरक्षण क्षेत्रमा काम गर्नेको हकहित सुरक्षाका विषयमा प्रस्तुतीकरण र छलफल भइरहेको छ । ठूलो सङ्ख्यामा संरक्षणकै क्रममा ज्यान गुमाएको तथ्याङ्क छ । यस विषयमा क्षेत्रीयरुपमा प्रस्तुतीकरण भइरहेका छन् ।

रेन्जर र समुदायबीचको सम्बन्ध र यसले पारेको सकारात्मक प्रभावका बारेमा पनि छलफल जारी छ । अरु बढी लाभ लिन गर्नुपर्ने कामका बारेमा सहभागीले आआफ्नो धारणा राख्दै आएका छन् । यस्तै संरक्षणमा आदिवासी रैथाने समुदाय र यही समुदायका रेन्जरको भूमिका अर्को महत्वपूर्ण विषय रहेको छ । थपलियाका अनुसार यस विषयमा गरिएका विस्तृत अध्ययनलाई प्रस्तुतीकरणमा समावेश गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेन्जरहरु सँगै, स्थानीय समुदाय, सरकार, गैरसरकारी संस्था र अन्य सरोकारवालाको क्षमता विकासका लागि गर्नुपर्ने विषयमा प्रस्तुतीकरण र छलफल भइरहेको छ । संरक्षणमा आधुनिक र नयाँ प्रविधि, संरक्षणमा महिलाको भूमिका र आगामी दिनमा संरक्षणकर्मी एवं रेन्जरले गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको छ । संरक्षणमा भएका सफलतालाई समावेश गरेर तयार पारिएका सफल कथा पनि सहभागीले प्रस्तुतिसँगै छलफलमा ल्याएका छन् ।

छलफलका क्रममा सङ्कलन गरिएका महत्वपूर्ण विषयलाई सबैमाझ पु¥याउन जर्नल प्रकाशन गरिने छ । थपलियाका अनुसार शनिबार नयाँ नेतृत्व चयन, आगामी सम्मेलनको टुङ्गो र चितवन घोषणापत्र जारी गरेर सम्पन्न हुने कार्यक्रम रहेको छ । सहभागीलाई जङ्गल सफारी, डुङ्गा सयर, थारु संस्कृतिलगायतका गतिविधिमा सहभागी गराइएको छ ।

सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन-तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी भएका छन् । जसमध्ये विदेशीको सङ्ख्या ४८४ रहेको छ । सम्मेलन व्यवस्थापन गर्न नेपाली र विदेशी गरी ४० छुट्टै लागिपरेका छन् ।

सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको हो । पर्यटन वर्ष २०२० को सङ्घारमा सम्मेलन भएकाले कार्यक्रमको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई आमन्त्रण गरिएको जनाइएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com