उपनिर्वाचन २०७६ : मतदाता रिझाउँदै उम्मेदवार


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

विसं २०७४ को स्थानीय निकायको निर्वाचनमा कोहलपुर नगरपालिका–६ का मतदाताले निर्वाचित जनप्रतिनिधि गुमाए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै खुशी भएका वडावासीलाई निर्वाचित वडाध्यक्ष गुमाएपछि वडाबाट प्राप्त गर्ने सेवा सुविधा लिन झमेला भइरह्यो । वडाध्यक्षको निधनपछि आगामी मङ्सिर १४ गते सो वडामा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको समयमा नजिकिँदै गर्दा जनप्रतिनिधिको रिक्ततालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तीनका उम्मेद्वार वडाका टोलटोलमा पुग्न थालेका छन् । वडा नं ६ मा तीन ठूला दल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै नेपाल मजदूर किसान पार्टी तथा समाजवादी पार्टीले मतदाता रिझाउन विभिन्न कार्यक्रम लिएर चुनावी चहलपहल बढाइरहेका छन् ।

विसं २०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारुको निधनपछि रिक्त पदका लागि सो वडामा हुन लागेको उपनिर्वाचनमा विभिन्न कार्यक्रम गर्दै उम्मेदवारले मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । मतदातालाई आफ्नो पकडमा पार्न राजनीतिक दल भेला, अन्तक्र्रिया र प्रचारमा जुटेका छन् । दलका सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्ताको भीड छ ।

सत्तारुढ पार्टी र सबैभन्दा ठूलो दल भएकाले नेकपाले तामझामसहित सक्रियता देखाइरहेको छ । नेकपा नगर कमिटीकी अध्यक्ष वसन्ती अधिकारीले भन्नुभयो, “सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई सबै तहसम्म पु¥याउन र जनमत नेकपाका पक्षमा ल्याउन खटिइरहेका छौँ, हामीले टोलटोल, गाउँगाउँसम्म कार्यक्रम गरिरहेका छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घरदैलो अभियानसँगै नेपाली काङ्ग्रेसले पनि प्रचारका कार्यक्रमलाई तीव्रता दिइरहेको नगर सभापति बलराम शर्माले बताउनुभयो । “विगतमा पनि हामीले नै जितेका हौँ, यसपटक पनि हामी निर्वाचनलाई आफ्नो पक्षमा पार्छौं, हाम्रो जीत निश्चित छ”, नगर सभापति शर्माले भन्नुभयो । काङ्ग्रेसले पनि मतदातालाई रिझाउन टोलटोलमा चुनावी गतिविधिलाई तीव्रता दिएको छ ।
नेकपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा हुने तथा त्यही बीचबाट आफ्नो जित निकाल्ने दाउमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्र बनाएको राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले बताउनुभयो । जिल्लामै एउटा मात्र वडामा उपनिर्वाचन हुन लागेकाले सबै दलको ध्यान उक्त वडामै गएको छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले थारु समुदायबाट उम्मेदवार उठाएका छन् भने राप्रपाले पहाडी समुदायबाट उम्मेदवार छनोट गरेको छ ।

थारु मतदाता धेरै रहेको सो वडा भएकाले दुई ठूला दलले थारु समुदायबाट उम्मेदवार बनाउँदा थारु समुदायको मत विभाजन हुने र त्यसको फाइदा राप्रपालाई हुने अनुमान पनि गरिएको छ । तीन ठूला दलसँगै नेपाल मजदूर किसान पार्टी र समाजवादी पार्टीले पनि चुनावी अभियान चलाइरहेका छन् ।

सो वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट श्रीकृष्ण थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी, नेपाल मजदूर किसान पार्टीबाट दीपालक्ष्मी हमाल र समाजवादी पार्टीबाट शुभाखर पोख्रेल चुनावी मेदानमा हुनुहुन्छ । उक्त वडामा अहिले दुई हजार २६ मतदाता छन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com