राजनीतिक आडमा ‘अपराधकर्म’


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

बाँके, २९ कात्तिक (रासस) : – काशीराम शर्मा

सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको इजाजत पत्र (लाइसेन्स) र नामसारी गरेका छन् । कतिपय व्यक्तिले ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका लागि लाइसेन्स लिएर हतियारको प्रयोग गरेका प्रहरीले भेट्टाएको छ ।

सुरक्षा खतरा भएको भन्दै वर्षौँदेखि इजाजत पत्र लिएर हतियार राख्ने र ठेक्का ‘डिल’देखि आपराधिक गतिविधिमा उक्त हतियार प्रयोग गर्ने गरिरहेका छन् । यहाँको तथ्याङ्क हेर्दा करीब एक हजारभन्दा बढी थान हतियार इजाजत लिएर व्यक्तिगतरूपमा राखिएका छन् । यद्यपि अहिले प्रहरीलाई ती वैधानिक इजाजत पत्रधारी हतियार नै सुरक्षाको चुनौती बन्दै गएका छन् । बाँके प्रहरीलाई यस्ता हतियारका वाहक को हुन् ? उनको सम्पर्क नम्बर कति हो ? के गर्छन् ? भन्नेबारे सामान्य जानकारी र चासोसमेत भएको देखिँदैन, त्यसका कारण राजनीतिक दलको संरक्षण र हतियारको आडमा बाँकेमा ठेक्का डिल गर्ने तथा जबर्जस्ती ठेक्का आफ्नो कब्जामा पार्ने गिरोहको सक्रियता देखिएको छ ।

काङ्ग्रेस निकट तरुण दलका नेपालगञ्ज नगर सभापति पक्राउपछि राजनीतिक आडमा ‘अपराधकर्म’ हुने गरेको तथ्य भेटिएको प्रहरीको दाबी छ । बाँकेमा राजनीतिक दलसम्बद्ध युवादेखि हत्या आरोपमा जेल भुक्तान काटेर आएका व्यक्ति संलग्न रहेका प्रहरीले जनाएको छ । हतियारको आडमा रु पाँच करोडभन्दा बढीका ठेक्का ‘डिल’ भएकै विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले गनापुरबाट शाहसहितका छ जनालाई हतियारसहित पक्राउ गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शाह पक्राउ परेपछि भएको प्रहरी अनुसन्धानका क्रममा राजनीतिक आडमा ‘अपराधकर्म’ हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । बाँकेमा साना तथा ठूला हतियारका आडमा दादागिरी चलेको गुनासो आएपछि प्रहरीले कडा ‘अप्रेशन’ नै चलाएको थियो । सोही क्रममा शाहसहितका व्यक्ति गनापुरको नमस्ते रिसोर्टबाट हतियारसहित पक्राउ परेका प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हतियारको आडमा जिल्लाका विभिन्न क्षेत्रमा गुण्डागर्दी चलेका थुप्रै उजुरी र गुनासा प्रहरीसमक्ष आएका छन् ।

यसैअन्तर्गत सभापति शाहको टोलीले पनि हतियार देखाएर ठेक्कापट्टा हात पार्ने दाउ गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । नगर सभापति भनिने ठेकेदार सन्दीपसँगै पक्राउ परेकामध्ये यमबहादुर बुढा, प्रितम थापा र माधव नेपाली साबिक नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी चेतन मानन्धरको हत्यामा संलग्न व्यक्ति भएको प्रहरीले बताएको छ ।

प्रहरी नायब उपरीक्षक सिंहका अनुसार मानन्धर हत्या अभियोगमा जिल्ला अदालतले तीन÷तीन वर्षको जेल सजाय भुक्तान गरेर रिहा भएका व्यक्तिसँग सन्दीपजङ्गको उठबस देखिएको छ । उहाँका अनुसार चेतन हत्याकाण्डमा पनि सन्दीपको समेत नाम जोडिएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शाहीले भन्नुभयो, “तरुण दलका कोषाध्यक्ष केशर खड्काको विगत बुझ्दै जाँदा थुप्रै आपराधिक घटनामा संलग्न भएका तथ्य भेटिएका छन्, अहिले हामीले उनीमाथि पनि निगरानी बढाएका छौँ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com