विप्वल समूहका इञ्चार्ज पक्राउ


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

जाजरकोट, २९ कात्तिक (रासस) ः नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com