‘पहिले फाइल एसाइलमका सन्दर्भमा वर्क परमिटको नयाँ नियम लागु हुँदैन’ – जीसी


प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले अमेरिकामा एसाइलमका लागि आवेदन दिएका र दिनेहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा दिइने वर्क परमिटका सन्दर्भमा केही मुख्य परिवर्तनको प्रस्ताव गरेको छ । युएससीआईएसबाट प्रस्तावित उक्त नियम आज फेडरल रजिस्टरमा प्रकाशित भइसकेको छ । यो नियमबारे न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीले व्याख्या गर्नुभएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यदि आवेदकले कुनै अपराध गरेको भएमा वा अमेरिका प्रवेश गरेको एकबर्षभन्दा ढिलोगरी एसाइलम आवेदन दिएको खण्डमा वर्क परमिटको नविकरण समेत नगर्ने प्रस्ताव गरेको छ । तर कानुन व्यवसायी जीसीले यी बाहेक अन्य प्रकारका एसाइलम आवेदनहरु नयाँ नियम लागु हुनुभन्दा अगाडि नै फाइल गरिएको भएमा पुरानो नियम अनुशार नै वर्क परमिट प्राप्त हुने बताउनुभएको छ ।

प्रस्तावित नियममा एसाइलमको वर्क परमिटका लागि आवेदन दिनका लागि आवेदन दिएको मितिले ३६५ दिन कुर्नुपर्ने छ । यसको अर्थ अहिलेजस्तो १५० दिन एसाइलम आवेदन पेन्डिङ रहेरमात्र वर्क परमिट प्राप्त हुनेछैन । त्यसका लागि एकबर्ष कुनुपर्नेछ । तर आवेदकका कारण आवेदनको फैसला वा निर्णयमा ढिलो भएको सन्दर्भमा भने युएससीआईएसले वर्क परमिट अस्वीकार गर्नसक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसमा आवेदन दिइएको सकारात्मक एसाइलमका सन्दर्भमा एसाइलम स्वीकृतिका लागि सिफारिस जारी हुँदै आएकोमा त्यस्तो सिफारिस अन्त्य गरिनेछ । एसाइलम अफिसरले आवेदन स्वीकृत गर्न चाहेको तर पृष्ठभूमि परिक्षण लगायतका रिपोर्टहर प्राप्त नभएको अवस्थामा त्यस्तो सिफारिस सहितको निर्णय गरिदै आएको छ ।

अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने वा गर्ने प्रयास गर्नेहरु एसाइलम आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्नका लागि योग्य हुनेछैनन् । तर पहिले नै एसाइलम फाइल गरिसकेकाहरुका सन्दर्भमा नयाँ नियम लागु नहुने जनाइएको छ ।

३६५ दिनको अवधिमा एसाइलम अफिसरबाट एसाइलम आवेदन अस्वीकृत भएमा वा अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएमा त्यस्ता आवेदकहरु वर्क परमिटका लागि आवेदन दिन अयोग्य हुनेछन् । त्यस्तै आपराधिक पृष्ठभूमि भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता अपराध गरेकाहरुलाई पनि पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्रदान गरिनेछैन ।

कुनै व्यक्तिले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गरेको छ भने पछि आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकृत भएकै दिनदेखि वर्क परमिटको म्याद समाप्त हुनेछ । युएससीआईएसले अस्वीकृत गरेको आवेदन अध्यागमन अदालतमा गएको खण्डमा भने वर्क परमिटका लागि आवेदन दिन सकिनेछ । यदि अध्यागमन अदालतले आवेदन अस्वीकृत गरेको खण्डमा त्यसको तीस दिनमा वर्क परमिटको म्याद सकिनेछ । तर बोर्ड अफ इमिग्रेशन अपिलमा समयमै अपिल फाइल गर्नेहरुका सन्दर्भमा भने वर्क परमिट कायम हुनसक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com