इजिप्टका राष्ट्रपति युएई भ्रमणमा


प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

२८ कात्तिक (रासस-सिन्ह्वा) ः इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल सिसी दुई दिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएइ) आउनु भएको छ ।
पछिल्लो दुई बर्षमा दोस्रो पटक भएको यो भ्रमणका क्रममा उहाँले दुई पक्षीय हित र साझा चासोका बारेमा छलफल गर्ने जनाइएको छ ।

राष्ट्रपति अल सिसीले युएइका युवराज अब्दुल धाबी सेख मोहम्मद बिन जायद अल नाह्यानलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
उहाँहरुका बीचमा यस क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम र परिस्थितिका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com