१६ लाख राजश्व सङ्कलन


प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

खलङ्गा, २८ कात्तिक (रासस) ः जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताउनुभयो । कृषि समूह नवीकरणबाट दुई हजार ५००, फ्रेस हाउस नवीकरणबाट ५००, अन्य दस्तुरमा सात लाख ५९ हजार २००, पार्किङ महसुलतर्फ १७ हजार २५०, मूल्याङ्कन दस्तुरमा ३७०, सिफारिस दस्तुर तीन हजार ८००, (घ) वर्ग इजाजतपत्र नवीकरणतर्फ रु एक लाख ७६ हजार, घर करमा रु दुई लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

घर बहाल कर ८३ हजार ४०३, संस्था नवीकरण ३७ हजार ५००, टहरा भाडा ११ हजार ६२४, डोजरबाट ५६ हजार ४४९, जग्गाको मालपोत रु एक लाख ४० हजार ४९९, बिक्री कर चार हजार ३००, इजाजतपत्र दर्ता छ हजार, संस्था दर्तातर्फ १० हजार, चार किल्ला सिफारिस प्रमाणितमा एक हजार र स्याउ ढुवानी सिफारिसबाट रु ९७ हजार ६७५ राजश्व उठेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा रु ५४ लाख ९७ हजार राजश्व सङ्कलन भएको भण्डारीले बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com