वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

नवलपुर, २७ कात्तिक (रासस) ः पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ ।

वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिनुभयो । सडकमुनिबाट वन्यजन्तु वारपार गर्न सक्ने गरी यी पुल निर्माण हुनेछन् ।

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको पहिलो खण्ड गैँडाकोटबाट दाउन्नेसम्ममा कम्तीमा १५ जैविकमार्ग निर्माण गरिने योजना रहेको प्रमुख अधिकारीले बताउनुभयो । गैँडाकोटबाट दाउन्नेसम्म विभिन्न क्षेत्रमा जङ्गलसमेत पर्ने भएकाले जङ्गल क्षेत्रमा वन्यजन्तु वारपार गर्ने पुल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । सडकमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत नजिक पर्ने भएका कारण वन्यजन्तु यस क्षेत्रमा धेरै रहने हुँदा वन्यजन्तुलाई बाटो वारपार गर्नका लागि यी पुलहरु निर्माण गर्न लागिएको हो ।

वन्यजन्तुको आवतजावत हुने स्थानको अध्ययन गरी पुल निर्माण गरिनेछ । झण्डै १० स्थानमा हाल पानी निकासका लागि बनाइएका ‘कल्भर्ट’लाई नै वन्यजन्तु वारपार गर्न सक्ने गरी व्यवस्थापन गरिनेछ । पानी निकास र वन्यजन्तु वारपार दुवै प्रयोजनका लागि हुने गरी व्यवस्थापन गरिने योजना प्रमुख अधिकारीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैँडाकोटबाट दाउन्नेसम्मको करीब पाँच स्थानमा भने वन्यजन्तु वारपारकै लागि भनेर नयाँ पुल निर्माण गरिने उहाँले बताउनुभयो । वन्यजन्तु वारपार गर्न सक्ने गरी यी मार्ग निर्माण गरिनेछन् । यसले वन्यजन्तु वारपार गर्दा सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने घटनालाई रोक्न सहयोग पु¥याउने उहाँको भनाइ छ ।

गैँडाकोटको थुम्सी, कावासोतीको खरकट्टा, डण्डा–चोरमारबीचको ४० किलो, चोरमार–अरुणखोला, अरुणखोला–दुम्किबास र दाउन्ने क्षेत्रको जङ्गलमा वन्यजन्तुका लागि वारपार गर्ने पुल निर्माण हुनेछन् । दाउन्नेमा भने ‘ओभरपास’ (सडक माथिबाट वारपार गर्ने स्थान) बनाउने योजनाको विषयमा समेत छलफल अगाडि बढेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । ठेक्का सम्झौताभित्र ‘ओभरपास’ बनाउने विषय नसमेटिएको भए पनि एडिबीसँग यस विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो ।

वन्यजन्तु आवतजावत गर्ने अवस्थाको अध्ययन गरी यस क्षेत्रमा वन्यजन्तुका लागि ‘ओभरपास’ बनाउने विषयमा छलफल चलेको योजना प्रमुख अधिकारीले बताउनुभयो । ‘ओभरपास’ बन्यो भने यो वन्यजन्तु वारपारका लागि बनाइने नेपालकै लागि पहिलो ‘ओभरपास’ हुनेसमेत उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com