KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas KHASOKHAS E-MAGAZINE

अमेरिका : सर्वोच्चले ६० नेपालीसहित झण्डै ७ लाखको देशनिकाला सदर गर्ने सम्भावना

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

अमेरिकी सर्वोच्च अदालतले बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई उचित ठहराउने सम्भावना देखिएको छ ।

वासिंटन डिसीमा मंगलबारको सुनुवाईपछि न्यायाधिसहरु वैचारिक रुपमा नै यो विषयमा विभाजित देखिएका छन् । सर्वोच्च अदालतका ९ न्यायाधिसमध्ये कम्तीमा ५ जना न्यायाधिसहरु ट्रम्प प्रशासनको पक्षमा देखिएका छन् ।

बाल्यकालमा अमेरिका आएका झण्डै ७ लाख कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम खारेजीको निर्णय ट्रम्प प्रशासनले महत्वपूर्ण उपलब्धीका रुपमा लिदै आएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टसले डाका कार्यक्रमलाई आफूले सुरदेखि नै गैरकानुनी देखेको संकेत दिएका छन् ।

विगतको देशनिकाला स्थगन गर्ने कार्यक्रमको तुलनामा डाका कार्यक्रमले अझ धेरैलाई संरक्षण प्रदान गरेको जोन रोबर्टस्ले उल्लेख गरेका छन् । अर्का न्यायाधिस ब्रेट काभानाउकले पनि आफू डाका रद्द गर्ने ट्रम्प प्रशासनको तर्कप्रति सहमत भएको बताएका थिए ।

यसबीच अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पले आज एक ट्वीट गर्दै डाकामा रहेकाहरु धेरै जवान नरहेको बताएका छन् । तीमध्ये केह भयंकर अपराधीहरु रहेको उनको भनाई छ । तर सर्वोच्च अदालतले डाका कार्यक्रम कायम राख्ने फैसला गरेमा भने आफूहरु डाकाले समेटेकाहरुलाई अमेरिकामा रहन दिनका लागि डेमोक्र्याट्सहरुसँग एउटा सम्झौता गर्न तयार रहेको ट्रम्पको भनाई छ । यदपी डाकाबारे सर्वोच्च अदालतको फैसला भने सन् २०२० को जुनतिर आउने अपेक्षा गरिएको छ ।

Loading...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ को सेप्टेम्बरमा डाका कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका थिए । अमेरिकाको तल्लो अदालतले यो कार्यक्रमलाई अन्त्य हुनबाट रोकेर झण्डै ७ लाखलाई तत्काल देशनिकाला हुनबाट जोगाएको थियो ।

गत जुन महिनामा अमेरिकाको सर्वोच्च अदालतले यो मामलाबारे सुनुवाई गर्ने घोषणा गरेको थियो , जुन तीनप्रकारका अलग अलग कानुनी चुनौतीहरुलाई हेरिरहेको छ ।

डाकाबारे कानुनी लडाईका कारण बाल्यकालमा अमेरिका आएका दशौं हजार कागजत्रपत्रविहिन डाकाको लागि आवेदन दिनबाट समेत वञ्चित भएका छन् । किनभने कानुनी रुपमा टुंगो नलाग्दासम्म ट्रम्प प्रशासनले डाकाका नयाँ आवेदनहरु स्वीकार गरेको छैन ।

डाका कार्यक्रम असंवैधानिक भएको भन्दै अन्त्य गर्नुपर्ने ट्रम्प प्रशासनको तर्क रहेको छ । तर तल्ला अदालतहरुले डाका कार्यक्रम अन्त्य गर्ने निर्णय विवेकहीन र सनकी भएको भन्दै अन्त्यका लागि रोक लगाएका छन् ।

यदि सर्वोच्च अदालतले डाका कार्यक्रम अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय सदर गरेमा डाकाले समेटेका झण्डै ७ लाख आप्रवासीहरु अमेरिकाका अन्य कागजपत्रविहिनहरु सरह हुनेछन् । उनीहरु अमेरिकाबाट देशनिकालाका लागि योग्य हुनेछन् । यद्यपी अमेरिकी सरकारले आपराधिक पृष्ठभूमी भएकालाई देशनिकालाको प्राथमिकतामा राख्ने बताएको छ ।

डाकाले समेटेकाहरुले विगतमा बुझाएका विवरणहरुलाई उनीहरुका बारेमा पत्ता लगाउनका लागि र देशनिकालाका लागि प्रयोग गर्नसकिने जनाइएको छ । युएससीआईएसले अहिले ती विवरणहरु आइसलाई नदिएको भएतापनि भविश्यमा दिनसक्ने सम्भावना रहेको छ ।

बाल्यकालमा अमेरिकामा छिरेर कागजपत्रविहिन भएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम अन्तरगत ६० जना नेपालीहरु संरक्षित रहेका छन् । उनीहरु १६ बर्ष उमेर नपुग्दै अमेरिकामा आएका र सन् २००७ वा त्यो भन्दा अगाडि देखि अमेरिकामा लगातार बस्नै आएका तथा सन् २०१२ को जुनसम्म ३१ बर्ष ननाघेकाहरु हुन् । उनीहरुलाई बाबुआमाले सन् २००७ भन्दा अगाडि १६ बर्ष नपुग्दै विभिन्न भिसामा वा अन्य तरिकाबाट अमेरिकामा ल्याएका थिए । त्यसपछि उनीहरु अमेरिकामा कागजपत्रविहिन भएका थिए ।

बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको डरविना बस्न र कामगर्न अनुमति प्रदान गर्ने यो कार्यक्रम सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएका थिए ।

भिडियो हेर्नुहोस्

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com