सायद प्रत्यक वर्ष चल्ने रित हो ‘नारी दिवस’

प्रकाशित मिति : फाल्गुन २७, २०७३ शुक्रबार

शारदा शर्मा  / जब कुनै पनि नयां इभेन्टको शुरुवात हुन्छ । म हरेक पटक हजुरआमालाई नै सम्झिने गर्छु । आजपनि समाजमा उहांले भनेका कुराहरु कति ब्यवहारिक थिए भन्ने कुराले मन छुन्छ । एककाइसौं शताब्दीमा आएर पनि  महिला मुक्तिको बहस हुंदैगर्दा यहां महिलाले महिलाहरुलाई नै बुझ्न नसकेको हो कि भन्ने लाग्छ ।

समाज आज निकै द्रुत गतिमा बिकास भएको छ । आफुले आफुलाइं नै बुझ्न नसकेको कारण आज पनि हामी अधिकार भन्दै लड्नु परेको छ । हिजो हजुरआमाको पालामा उहांको सहमति बिना हजुरबाले कुनै पनि निर्णय लिन नसकेका काहानी सुनाउनु हुन्थ्यो । सायद प्रत्यक घरमा यस्तो थियो । बिस्तारै यस्तो क्रम पातलिन थालेको हो र ? म आफैलाई प्रश्न गर्छु । हामी महिला मुक्तिका लामा भाषण दिन्छौ । घरमा असाध्यै दुखी हामी नै छौ । हाम्रा नाममा बिभिन्न मल्टिनेश्नल कम्पनीहरु मोटाएका छन ।

हामी केहीको लवाई खुवाई भाषा संस्कार सबै बदलिएको छ । अधिकारको नाममा हामीले आफुले आफुलाई बिर्सिएको छौ । सांच्चै समाजमा आजपनि महिलाहरुलाइ हेर्ने दृष्टिकोणमा फरक छ । सोचांै यो फरकपन कसरी बिकास भयो ? हो पहिले पनि हजुरबाले हजुरआमाको सहमति बिना कुनै कामपनि गर्दैनथे । खेतमा कामगर्ने किसानलाई हेरौं मरेर दुवैजना काम गरेका छन्, खुसी छन् । इटा भट्टामा काम गर्नेलाइ हेरौं मिलेर काम गरेका छन् बेलुकी घरमा गएर पनि दुवै जनाले किचेनको काम समालेका छन् । यसो भन्दै गर्दा हामी कहांनेर कमजोर बन्यौं त भनेर सोच्दा हाम्रो कामको नेचरले हामी हाम्रो सोच र चेतनामा कमजोर बन्यौं ।

यति भनिरहदा म महिला अधिकार बिरोधी पक्कै हैन । अधिकारका कुरा गरिरहंदा धेरै परिवार बिखन्डन भएका छन् । भत्केका छन्। आखिर महिला मुक्ति भनेको के हो ?समाज केहो ?हामी के हौ ? हाम्रो घरमा हाम्रो दाइत्व के? मलाई लाग्दैन हामी कमजोर छौ,हामी निरीह छौ, हामी अवला छौ, आखिर पुरुष को हुन?उनीहरु हाम्रा श्रीमान, छोरा भाइ, भतिज, बुवा । हामीसंगै रहेका, हामी मिलेर नै जन्माएका, हामीसंगै हिंडने, संगै रहने मान्छे हुन् उनिहरु प्नि । बास्तवमा सोच शिक्षा र चेतनाको अभावमानै आज हामी पछाडि परेका छौ । यसको अर्थ फेरि यो होइन सबै पुरुष सक्षम हुंदा हामी सबै असक्षम ।समाजमा महिला पुरुष बरावर हो । हामीले पनि हर काम गर्न सक्छौ ।

यति भन्दै गर्दा प्राकृतिक रुपमानै हामीले निभाउनु पर्ने उत्तरदायित्वहरु त्यति नै संवेदनसिल किसिमका छन्। हामीले चाहेर पनि छोड्नै नसक्ने र पुरुषहरुले चाहेर पनि लिन नसक्ने कतिपय कुराहरु छन जो हामीले फेर बदल गर्नै सक्दैनौ ।जव हामीले आफुले आफुलाइ बुझ्ने कोशीस मात्र गर्न सक्छौ हाम्रो एकतिहाइ अधिकार हामीले प्राप्त गरिसकेका हुनेछौ। किनकी हामी आमा हौ , सासु हौ, बुहारी हौ, छोरी हौ,नन्द अमाजु सौता सबै हामी हौ ।

हामीले निभाउने भूमिकाले समाजको नब्बे प्रतिशत शिक्षा पूरा भएको हु्न्छ । सबै पढेकाहरु ब्यवहारिक छैनन् र सबै नपढेकाहरु अब्यवहारिक पनि पक्कै छैनन्। सवभन्दा ठूलो कुरा चेतना हो, शिक्षा हो, त्यसैले हामी चेतनसिल बनौ ,ब्यवहारिक बनौ हरेक काम गर्न सक्ने बनौ आर्थिक रुपमा सक्षम बनौ हामीले जहां जे काम गरे पनि हामी सक्षम हुनेछौ । मानिससंग जे हुदैन त्यसलाई प्राप्त गर्ने रहर जाग्छ जव उसले प्राप्त गर्छ उसलाई त्यो भ्यालुलेस हुन्छ ।

समाजमा समानरुपले महिलाहरु पनि आर्थिक रुपमा सक्षम बन्ने हो भने हरेक समस्याको समाधान हुनेछ ।  यसको लागि अहिले छोरीहरुलाई पनि समान शिक्षाको ब्यवस्था गरेको छ । जब हामी सक्षम हुन्छौ घरको कामले हामीलाइ डोमीनेट भएको महशुस पक्कै हुनेछैन । किनकी शिक्षित भएर घर समाल्नु र त्यत्तिकै घरको काम गर्नु पर्दा पनि आफुलाई कमजोर महसुस हुने हामी आफैले महशुस गरेका छौ । समानताको नाममा स्वतन्त्रताको नाममा हामीले आफु र आफ्नो भुमिकालाई पक्कै पनि बिर्सने छैनौ । त्यसैले  हरेक बर्ष हामीले महिला मुक्ति मनाइरहदा कति मुक्त रह्यौं ? समाजको विसंगतिसंग हामी रिभ्यु गरौ । आजकल मुक्तिको नाममा, स्वतन्त्रताको नाममा जुन प्रकारको छाडापन भित्रिएको छ यसले समाजलाइ झनै भयावह बनाएको छ । मैले माथिनै भनिसके हाम्रो लवाइ खुवाइले मल्टिनेश्नल कम्पनिहरु मोटाएको छन ।

हामीलाइ प्रदर्शन गरेर हामीलाई प्रयोग गरेर, गल्यामर देखिने र देखाउने नाममा हाम्रो बिज्ञापन गरेर । हामी यस्ता कुराहरुमा सचेत किन हुन सक्दैनौ ?के ढाकिएको शरिरमा ग्लामर हुंदैन ?ग्लामर हुनलाई हामीले हामा्र संवेदनशिल अगंहरु देखाउनै पर्ने हो ? यस्ता कुराहरु किन हामीले अंगालेको छौ? हेरौ त आजकल फेसनेवल हुने नाममा हामी के हुदैछौ । तर पुरुषहरु ?जहां पनि पुरुषहरुको पहिरन ढाकिएको हुन्छ। ढाकिएरै पनि समाजका दुइ जाति महिला पुरुषमा पुरुष  ग्लामर देखिने हामी नदेखिने हुन्छ ?हो फरक यहांनेर हो । फरक सोचको हो, फरक चेतनाको हो । एकजना छिमेकी हजुरआमाले टेलिभिजन हेर्दै गर्दा भनिन नानी यो त नागैँ बाहिर आकी छे , नुहाउंदै थिइ होला बिचरा के आपत परेछ बुझ्यौं ?उनका कुराले एकातिर हांसो लाग्यो । अर्कोतिर आफैलाई लज्जित पनि बनायो । जवाफ त उनलाई मैले दिएं र पनि आफैले नचाहेको जवाफ ।

महिलाहरुले जव आफुले आफैलाई बुझ्न सक्दैनौ हामीले लगाउने पहिरनले हामीलाई स्वतन्त्रता दिएको हुंदैन। हामी महिला मुक्ति भनिरहदा सोचौत हामी भित्रका ब्यवहार कति महिला पक्षधर छन । हिंडेर डुलेर भाषण गरेर मात्र मुक्ति सम्भव छ त ? आजकल मैले सुनेको छु धेरैका घरवार बिग्रेका छन् । अधिकारका कुरागर्नेहरु आफैमा खुसी छैनन् । के उनीहरु बुझेरै अधिकारको लागि हिडेका हुन ? के बुझे र के सिकाउदै छन उनीहरु समाजलाई ? कुरा गर्नमा हामी महिलाहरु नै त अगाडि छौं । हामी आमा भएर ममता दिन्छौ, सासु भएर शासन गर्छाै,बुहारी बनेर हेपाइ सहन्छौ,र अनेक नातामा जोडिएर शासन त हामी गरिरहेका छौ ।अब सोचौं न कहांनेर कमजोर छौ हामी ।
हामी सोचमा कमजोर छौ,चेतनामा कमजोर छौ । आजकलत आधुनिकताको नाममा हामी झन कमजोर बन्दै गएका छौ । हेरौत हामी अधिकांस डिप्रेसनबाट मुक्त छैनौ ।

हामीले श्रीमानले पनि खाना पकाउन किन नहुने भनेर भान्छा नछिर्दा कहिले हामी भोकै हिडेका पनि हौला । उ मध्यरात सम्म घरमा नआउने  हामी किन आउने भनेर बाहिर बसेका पनि हौला । उसले जे गर्न पनि हुने हामीले किन नहुने भनेर अनेक कान्ड गरेका पनि हौला । के हामीले चाहेको समानता यहि हो त ? हिंजो आलुवारीमा संगै कामगर्ने हजुरवा हजुरआमाहरु घरमा आएर हजुरआमा पधेरा जाने हजुरवाले चुलो बालेर सौहार्द रुपमा परिवार चलाउदा त्यहा कहांनेर थियो बिभेद ? संगै मजदुरी गर्ने दाई भाउजु घरमा आएर दाईले भात पकाउने भाउजुले बच्चा सम्हालेर खुसीसाथ रहंदा कहांनेर थियो बिभेद ? हो आज कामको नेचर पक्कै चेन्ज भएको छ ।

कामको नेचरसंगै हामीले आफुले आफुलाई पनि चेन्ज गर्न जरुरी छ । हामी आफु सक्षम रहंदा, चाहे घर समाल्ने होस चाहे अफिस हामी सबै कुरा गर्न सक्छौ भने बिभेद कहांनेर छ त? परिवर्तन र समानताको नाममा हामी घर सम्हाल्दा आफुले आफुलाइ कमजोर सम्झेको त छैनौ?समानता र स्वतन्त्रताको नाममा हामीले आफैलाइ बिर्सदै गएकोत छैनौ । समाजमा समान रुपले चाहिने सिक्षा हो हामी जवसम्म आफ्नो घर र स्वयं आफैलाई समाल्न सक्दैना,ै जतिनै भाषण गरेपनि केहि गर्न सक्ने छैनौ । त्यसैले आजसम्म जे भएपनि यो नारी दिवस आफूभित्रबाट आफुलाइनै बदलेर हेर्ने दिवसको रुपमा मनाऔं । हामी बदलिंदा मात्र हाम्रो घर बदलिन्छ ,समाज बदलिन्छ र पुरा देश बदलिन्छ । समाजमा महिला पुरुष बराबर हो भनेर भनिरहंदा हामी नै मान्न तयार छैनौ ।

हाम्रो बिरोध हाम्रा भाई, श्रीमान, देवर  पुसाजु मामासंग हैन ।  हाम्रो बिरोध हामीलाई महिला भनेर हेप्ने प्रबृति संगको हो ।  अव सोचौ न यो प्रबृति हामीमा बढीछ या हाम्रा भाइ भतिजहरुमा । स्वतन्त्रताको नाममा हामी बिज्ञापनको साधन बनिरहेका छौ । जहां हामी साधन बन्न आफै तयार छौ भने त्यो साधन प्रयोग हुन्छ फालिन्छ स्वभाबिक हैनर ?

आज जति पनि महिला मुक्तिको कुरा उठेका छन ति उठाइएका मात्र छन। महिलाहरु मनोरन्जनका साधन हैनन भनेर हामीले भाषण गरिरहदा यौटा मल्टिनेश्नल कम्पनिले महिलाले प्रयोग गर्ने दुइभित्ते कपडा उत्पादन गरिरहेको हु्न्छ उनै महिलालाई बिज्ञापनमा देखाएर । त्यस कपडाको डिजाइन गर्ने पनि सायद महिलानै हुन्छिन।अव भनौ हामीले हामीलाई मनोरन्जनको साधन बनाइयो भनेर कस्लाइ भन्ने ?अधिकार देउ भन्ने नैतिक धरातल कहां राखेको छौ हामी ?आफैले आफ्नो धज्जी उडाउदै खोजिएको महिला अधिकार के यसरीनै प्राप्त गर्न सकिएला ? यहां यौटा सानो उदाहरण राख्न मन लाग्यो सायद तीन बर्ष अगाडिको कुरा हो असाध्यै मिल्ने छिमेकी दाजुभाउजुको तीजको समय तिर झगडा पर्याे ।

मैले सोधे के भो यस्तो ? भाउजुले भनिन हेर्नु न त्यो टिभीमा आउने कलाकारले प्रत्यक ठाउंमा जादा गहना साडी फेरेर लाउंछे । दाइलाइ ल एक जोर गहना र साडी किनौनत भन्दा पनि मान्नु हुन्न । मैले भाउजुलाई सम्झाएं । आजकल साडी भाडामा पाईन्छ, गहना नक्कली हुन्छन भाउजु ।उनले सायद पत्याइनन ।

अर्को तीज आयो त्यहि महिला कलाकारले फेरीफेरी साडी र गहना लगाएको देखेर उनले सोचिछन नानीले भनेको ठिकै रैछ । उनले त मानिन । तर मेरो मनमा आजपनि अनेक सवाल उठिरहन्छ , जसलाइ हेरेर समाजले आफुलाई बदल्न चाहन्छ, उनीहरुको ब्यवहारले के सांच्चै समाज बदलिएला त ?आफु बदलिने नाममा किन समाजलाई बदलिनै नसक्ने भार थपिरहेका छन मान्छेहरु , आफु स्वतन्त्र हुने बहानामा किन समाजलाई स्वीकार्य हुनै नसक्ने मान्यताहरु लादिरहेका छन् मान्छेहरु ?

सायद नारी दिवसकै नाममा समेत अनेक होटल भित्र तिनै भाउजु जस्ता सोझा महिलाहरुको सपनामा चुस्की लगाइन्छ न उनीहरुले आफुलाई बदल्न सक्छन न समाज बदलिन सक्छ । आधुनिकताको नाममा दुइचार चुस्की लिएर एकदुइ शब्द अग्रेंजी मिसाएर डिप्रेसनको औषधि प्रयोग गर्दै  सिंगो महिलाहरुको नाममा भाषण दिईन्छ अनि समापन गरिन्छ कर्मकान्ड नारी दिवसको । सायद प्रत्यक वर्ष चल्ने रित हो यो ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com