आज अमेरिकामा भेट्रान डे, कार्यरत तथा पूर्व सेना र परिवारलाई कैयन रेष्टुरेण्टमा निशुल्क


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

आज अमेरिकामा भेट्रान डे मनाइदैछ । भेट्रान डेको अवशरमा अमेरिकी सेनामा कार्यरत र पूर्व अमेरिकी सेना तथा उनीहरुका परिवारलाई कैयन रेष्टुरेण्टहरुले निशुल्क खाना अफर गरेका छन् ।

एप्पलबीजमा पूर्व र कार्यरत अमेरिकी सेनाले मेनुबाट ८ वटामध्येको कुनै खाना निशुल्क प्राप्त गर्न सक्नेछन् । चिकेन सलाद चिकमा पूर्व तथा कार्यरत अमेरिकी सेनाहरुले निशुल्क सलाद र पेय पदार्थ पाउनेछन् ।

चिक फिलएमा कार्यरत र पूर्व अमेरिकी सेनाले निशुल्क स्यांडवीच र पेय पदार्थ प्राप्त गर्नेछन् । त्यसका लागि सेनाको आईडी देखाए पुग्नेछ, कुनै खाना किन्नुपर्नेछैन । त्यस्तै चिपोट्लेमा कार्यरत र पूर्व अमेरिकी सेना तथा उनीहरुका परिवारले एउटा खाना किन्दा एउटा निशुल्क पाउनेछन् ।

रेड लोबस्टरमा निशुल्क एप्पीटाइजर र डिजर्टको अफर गरिएको छ भने रेड रोबिनमा पूर्व अमेरिकी सेना र कार्यरतका लागि बर्गर निशुल्क गरिएको छ । आज स्टारबक्समा पूर्व तथा कार्यरत अमेरिकी सेना र उनीहरुका परिवारले ठूलो साइजको कफी निशुल्क पाउनेछन् ।

त्यस्तै विभिन्न स्टोरहरुमा पनि पूर्व तथा कार्यरत अमेरिकी सेना र उनीहरुका परिवारका लागि विशेष छुटको व्यवस्था गरिएको छ । अमेरिकामा भेट्रान डेलाई संघीय दिवशको रुपमा मनाइन्छ । र भेट्रान डेको दिन विदा समेत दिइएको छ ।

आज बैंक, सरकारी कार्यालयहरु, विद्यालयहरु, हुलाक बन्द गरिएका छन् । आजपछि अर्को संघीय विदा नोभेम्बर २८ मा थ्यांकसगिभिंगमा रहेको छ । त्यसपछि डिसेम्बर २५ मा क्रिसमस डेमा विदा हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com