अनेसासको सबैभन्दा ठूलो राशीको पुरस्कारबाट प्रा. डा. लुइटेल वासिंटन डिसीमा सम्मानित


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अहिलेसम्मकै ठूलो धनराशीको रामलामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । अमेरिकाको वासिंटन डिसीमा आयोजित एक समारोहमा उहाँलाई २५ सय डलर (झण्डै ३ लाख रुपैया) को उक्त पुरस्कार प्रदान गरिएको हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्तीका अवसरमा अमेरिकाको वासिङ्टन डिसीमा आयोजित कार्यक्रममा लुइटेललाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । समाजले हरेक दुई वर्षमा नेपाली भाषाका साहित्य स्रष्टाहरुलाई उक्त पुरस्कार प्रदा गर्दै आएको छ। पुरस्कार अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की तथा बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले संयुक्त रुपमा प्रदान गर्नुभयो ।

प्रा. डा. लुइटेलल कहिले पनि आफूले पुरस्कार पाउने आशामा कुनै काम नगरेको तर काम गर्दै जाँदा प्राप्त सम्मानलाई स्वीकार्ने बताउनुभएको छ । उहाँले क श्रेणीको महेन्द्र विद्याभूषण, सम शतवार्षिकी सम्मान, अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनबाट विशेष सम्मान–अभिनन्दन, नोबल साकोस दुर्गा–विष्णु समालोचना र साहित्य सम्मान तथा पुरस्कार लगायत एकसयभन्दा धेरै सम्मान र पुरस्कारहरु प्राप्त गरिसक्नुभएको छ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा सम्बद्ध उहाँ २०३३ सालदेखि शिक्षण र प्राध्यापन पेशामा हुनुहुन्छ । उहाँले एकसयभन्दा धेरै पुस्तक लेखन, प्रकाशन र सम्पादन गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्ष नेपाली साहित्यका विभिन्न विधामा गरी आठ पुस्तकहरु पुरस्कृत गरिएको छ । दुई हजार डलर राशिको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट कथाकार नरेन्द्रराज पौडेलको रोबोटका आँखा कथासंग्रह, एघार सय डलर राशिको अनेसास दिललीला सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कारबाट उपन्यासकार रमेश दियालीको छाप्रो नं. ५५ उपन्यास र एघार सय डलर राशिको अनेसास रोहिणी शर्मा सीता शर्मा सर्वोत्कृष्ट काव्य पुरस्कारबाट कुन्ता शर्माको मेरो मान्छे कवितासंग्रहलाई पुरस्कृत गरिएको छ।

हजार डलर राशिको अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार कथाकार युवराज मैनालीलाई र हजार डलर राशिको अनेसास स्व. डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार उपन्यासकार तीर्थ गुरुङलाई प्रदान गरिएको छ।

पाँच सय डलर राशिको अनेसास श्याम कार्की इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार यस वर्ष नियात्राकार घनश्याम राजकर्णिकारलाई प्रदान गरिएको छ।

पाँच सय डलर राशिको अनेसास गीता खत्री सर्वोत्कृष्ट गजल पुरस्कार नमिता बरालले पाएकी छन्। पाँच सय डलर राशिकै मस्टो संस्कृति सांस्कृतिक अनुसन्धानपरक कृतिका लागि संस्कृतिविद् तेजबहादुर कार्कीलाई प्रदान गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com