इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

वासिङ्टन, २५ कात्तिक (रासस-एएफपी) ः इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो ।

इराकमा निर्वाचनको माग गर्दै यहाँका नागरिकले आन्दोलन गरिरहेका छन् । सो आन्दोलन हिंसात्मक भएकोले प्रहरी कारबाहीमा प्रदर्शनकारीको ज्यान पनि गएको छ ।

उनीहरुले निर्वाचनको माग गरेर आन्दोलन गरेकाले आन्दोलनकारीहरुको माग पूरा गर्न समय अगावै आमनिर्वाचन गर्न अमेरिकाको आग्रह गरेको छ । आइतबार प्रकाशन गरिएको विज्ञप्तिमार्फत अमेरिकाले यस्तो आग्रह गरेको हो ।

यसबाट हिंसा पनि रोकिने भन्दै हिंसात्मक गतिविधिको नियन्त्रणका लागि पनि निर्वाचन आवश्यक रहेको अमेरिकाको माग रहेको छ । निर्वाचनमार्फत आन्दोलनकारीको माग पूरा गरी शान्तिपूर्ण राजनीतिक व्यवस्थापन गर्न अमेरिकाले माग गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– अमेरिका इराकमा त्यहाँका राष्ट्रपति बरहाम सालेहको यसअघिको प्रतिबद्धता पनि पूरा गर्न माग गर्दछ ।
त्यहाँ आन्दोलनका क्रममा आन्दोलनकारी, नागरिक समाजका व्यक्ति, शान्तिपूर्ण रुपमा आफ्नो माग राख्ने व्यक्तिहरु, सञ्चारमाध्यम तथा नागरिक अधिकारकर्मीहरुमाथिको निरन्तरको आक्रमणप्रति अमेरिका गम्भीर छ– सो विज्ञप्तिमा भनिएको छ ।
यसैगरी इराकले यहाँका सञ्चारमाध्यमहरुमाथि आक्रमण गर्ने तथा इन्टरनेटमा लगाएको प्रतिबन्धको घटनाको अमेरिकाले निकै नजिकबाट नियालीरहेको पनि सो विज्ञप्तिमा बताइएको छ ।
यहाँका राजनीतिक दलहरुबीचमा राष्ट्रिय सहमतिको निर्माण गर्न सकेमा हाल जारी रहेको आन्दोलनको अन्त्य हुन सक्ने भन्दै यसका माध्यमबाट निर्वाचनको प्रक्रियामा जान अमेरिकाले आग्रह गरेको हो ।
इराकी संसदको मानवअधिकारसम्बन्धी समितिले यहाँ जारी रहेको आन्दोलनबाट कम्तीमा पनि ३१९ जना नागरिकको ज्यान गएको जनाएको छ । उक्त समितिले आन्दोलनका क्रममा भएको यो हिंसाको अन्त्यका लागि सरकारसँग आग्रह पनि गरेको छ ।
यहाँ संसदको निर्वाचनका लागि गएका कैयौँ दिनदेखि आन्दोलन जारी रहेको छ । प्रदर्शनकारीहरुले निर्वाचनको माग गरेर आन्दोलनलाई जारी राखेका छन् ।

–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com