युरोपको ‘फरक विचार’ ‘खसोखास’मा मर्ज, खसोखासमा अब युरोपका अध्यागमन समाचार पनि


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

युरोपबाट विगत २ बर्षदेखि प्रकाशित हुँदै आइरहेको फरकविचार डटकम खसोखासमा मर्ज भएको छ । फरक विचारले युरोपका अध्यागमन र नेपालीका सरोकार राख्ने विषयहरुलाई समाचारमा समेट्दै आएको थियो ।

यो मर्जसँगै खसोखासले अमेरिकाको अध्यागमनका समाचारलाई प्राथमिकता दिदै आएकोमा अब युरोपको अध्यागमनका समाचार र अपडेटलाई पनि प्राथमिकता दिने भएको छ ।

पाठकहरुलाई एउटै प्लेटफर्मबाट विश्वभरका अध्यागमन र अन्य रुचीका समाचारहरु प्राप्त गर्न सजिलो होस् भन्ने हेतुले फरक विचारलाई खसोखाससँग मर्ज गरिएको फरक विचारका प्रकाशक तथा प्रधानसम्पादक हरिकृष्ण पन्थीले बताए ।

अमेरिकाको न्युयोर्कबाट विगत ९ बर्षदेखि प्रकाशन हुँदै आएको खसोखासले अमेरिकी अध्यागमन, महिला र सिमान्तकृतको शशक्तिकरण, समुदायका गतिविधि र नेपालका राष्ट्रिय महत्वका समाचारहरुलाई प्राथमिकता दिदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो मर्जरसँगै अब फरक विचारको सम्पूर्ण टिम पनि खसोखासको टिममा समाहित भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com