भारतले हडपेको जमीन फिर्ता गर्न माग


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

हडपेको जमीन भारतले फिर्ता गर्नुपर्ने भन्दै ‘सिमाना बचाउ अभियान’ नामक संस्थाले आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।

राजनीतिक वार्तामार्फत सरकारले कूटनीतिक पहल चाल्नुपर्ने अभियानका धनराज वास्तविकले बताउनुभयो । “नेपाली जनताले सडकमार्फत गरेको आन्दोलनलाई भारतले सुन्नैपर्छ”, उहाँले भन्नुभयो, “जबसम्म भारतले हाम्रो कुरा सुन्दैन, हामी हाम्रो आन्दोलन कायम राख्छौँ ।”

सुघौली सन्धिपछि भएको अतिक्रमणको जवाफ भारत सरकारले दिनैपर्ने र समयमै नेपालको भू–भाग फिर्ता गर्नुपर्ने उहाँले बताउनुभयो । भारतको नयाँ नक्सामा नेपालको सीमालाई समेत आफ्नै भनेर राख्नु आफैँमा लाजमर्दाे रहेको भन्दै अभियानका सुशीला लामिछानेले सरकार यतिबेला मौन भएर बस्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “जनकपुरमा भारतले आफ्नै सेना खटाउनु र नेपाली चेलीलाई समेत बलात्कार गर्नु निन्दनीय छ ।”

समाजसेवी, विद्यार्थी, सर्वसाधारणलगायतले समेत आन्दोलनमा सहभागिता जनाएका छन् । ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’ भन्ने उनीहरुको माग छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com