सहकारीको प्रवद्र्धनमा सामूहिक टमाटर खेती


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

परासी, २४ कात्तिक (रासस) ः कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवद्र्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमै सामूहिक टमाटर खेतीतर्फ आकर्षित भएका छन् ।

कृषिबाटै आर्थिक समृद्धि प्राप्त हुने भन्दै बर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै सहकारीका ३२ शेयर सदस्यलाई प्रवद्र्धन गरी सामूहिक टमाटर खेतीमा आकर्षित गरेको हो । बर्दघाट–७ बेलाहानीमा तीन बिघा जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत कृषकले अहिले व्यावसायिकरूपमा सामूहिक टमाटर खेती गरेका छन् ।

खेतमा लटरम्म टमाटर फल्न थालेको छ । टमाटरलाई घामपानीबाट जोगाउन टनेल निर्माण गरी खेती गरिएको छ भने थोपा सिँचाइ पद्धतिमार्फत सिँचाइको व्यवस्था गरिएको छ । जथाभावी झार नहोस् भनी प्लाष्टिकको प्रयोग गरिएको छ । अहिले यहाँ २५ हजार बोट रहेका छन् । यसबाट ७५ हजार किलो टमाटर उत्पादन हुने अपेक्षा गरिएको उक्त समूहका सदस्य एवं कृषि प्राविधिक रामप्रसाद पौडेलले बताउनुभयो ।

मुलुककै मुख्य आयस्रोतको रुपमा रहेको कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाउन र विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य गरी स्वदेशमै स्वरोजगारको अवसर प्रदान गर्न सहकारीले कृषिमा लगानी गरेको उक्त सहकारीका अध्यक्ष रवीन्द्रविक्रम हमालले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “कृषिमा श्रम धेरै लाग्ने हुँदा यसप्रति आकर्षण नभएको पाइन्छ, तर आधुनिक प्रविधिमार्फत व्यावसायिकरूपमा खेती गर्दा सफल भइन्छ भन्ने उदाहरण हामीले प्रस्तुत गर्न खोजेका हौँ, प्रविधि अपनाउँदा कृषि खेती सहजै छ, सहकारी आफँैले व्यवसाय गर्न नमिल्ने भएकाले सहकारीले प्रवद्र्धन गरी सदस्यहरुको लगानीमा हामीले टमाटर खेती शुरु गरेका हौँ ।”

सहकारीका अध्यक्ष एवं बर्दघाट–४ का वडाध्यक्षसमेत रहनुभएका हमालको नेतृत्वमा ग्रामीण कृषि उत्पादक समूह निर्माण गरी नेपाल एग्रो लाइभ प्रालिको प्राविधिक सहयोगमा गत भदौबाट सामूहिकरूपमा व्यावसायिक टमाटर खेती शुरु गरिएको संस्थाले जनाएको छ । सहकारीले छ वर्षलाई वार्षिक रु ३५ हजारको दरले जग्गा भाडामा लिएको हो । स्वदेशमा अवसर नभएको भन्दै युवाहरु विदेश पलायन हुने क्रम बढ्दै जाँदा खेतीयोग्य जमीन बाँझो रहन थालेपछि त्यसको सदुपयोग पनि हुने र युवाहरुलाई स्वदेशमै रोजगारीको सम्भावना छ भन्ने सन्देश प्रवाह गर्न पनि सहकारीले सदस्यहरुलाई यो खेतीमा प्रोत्साहित गरेको अध्यक्ष हमालको भनाइ छ ।

“हामीले पहिलो वर्ष चालू खर्च मात्र उठाउने लक्ष्य लिएका छौँ, त्यसपछिका वर्षमा लगानी र क्रमशः नाफा कमाउने उद्देश्य हो, अहिले हामी सिकाइको क्रममा पनि छौँ, चोकचौराहामा गफ लडाएर बस्दैमा समृद्धि प्राप्त हुने होइन, आर्थिक समृद्धिका लागि व्यावसायिक कृषि गर्नुपर्छ, यसरी गर्दा र एक्लैभन्दा पनि सामूहिकरूपमा गर्दा सफलता प्राप्त हुन्छ भन्ने सन्देश दिनु पनि हाम्रो उद्देश्य हो”, अध्यक्ष हमालले भन्नुभयो ।

यहाँ उत्पादन हुने टमाटरले आयात प्रतिस्थापन गर्ने र बढीभन्दा बढी युवालाई आकर्षण गर्ने अपेक्षा गरिएको कृषक उद्यमी बताउँछन् । परम्परागतरूपमा गरिने खेतीभन्दा यो किसिमको खेती सहज रहेको हमालको अनुभव छ । यसरी सामूहिक खेती गर्न थालेपछि समूहले एक जेटिए प्राविधिकलाई पूर्णकालीन र अन्य १० जनालाई दैनिक ज्यालादारीमा रोजगारी पनि दिएको छ । उत्पादित टमाटरको लागि बजारीकरणको व्यवस्था गरिएको र केही समयपछि आफ्नै बिक्री केन्द्र स्थापना गर्ने सोच सहकारीले बनाएको छ ।

समूहमा काम गर्दा सहज पनि हुने, लगानी डुब्ने जोखिम पनि कम हुने र ज्ञान सीपको पनि आदानप्रदान हुने सहकारीका सञ्चालक सदस्य देवीदत्त सापकोटा बताउनुहुन्छ । “सहकारीले परीक्षणको रूपमा यो खेतीमा लगानी गरेको हो, हामी ३२ जनालाई सहकारीले सहुलियतमा ऋण उपलब्ध गराएपछि हामीले प्रतिव्यक्ति रु एक लाखका दरले यहाँ लगानी गरेका छौँ, हामीले आशा गरेअनुरुप नै प्रारम्भिक नतिजाले हामीलाई उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।

अति न्यून मात्रामा रासायनिक मल र विषादीको प्रयोग गरी टमाटर उत्पादन गरिएको छ । उत्पादन हेर्दा उत्साहजनक रहेको समूहका सदस्यहरुले बताएका छन् । टमाटर फाइदाजनक र नाफामूलक पनि भएकाले यो खेती रोजाइमा परेको अध्यक्ष हमालको भनाइ छ । कृषिमा धेरै सम्भावना र अवसर रहेकाले गहन अध्ययन गरेर यस व्यवसायमा लाग्न सके रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने उहाँको सुझाव छ ।

बर्दघाट नगरपालिकामा कृषि प्रवद्र्धनका थुप्रै कार्यक्रम रहेको बताउँदै नगरपालिकाका प्रवक्तासमेत रहनुभएका हमालले कृषिविज्ञ र कर्मचारीको अभावमा ती कार्यक्रमलाई व्यवहारमा अभ्यास गर्न कठिनाइ भइरहेको उल्लेख गर्नुभयो । राष्ट्रियस्तरको प्रोवेशन ब्राण्ड र एशियालीस्तरको एक्सेस ब्राण्ड प्राप्त गरी नेपालका उत्कृष्ट २४ सहकारीमा पर्न सफल यस सहकारीमा सात हजार ५०० शेयर सदस्य रहेका छन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com