चार हजार दुई सय पाँच घर बने


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

चितवन, २२ कात्तिक (रासस) ःभूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार २०५ घरको निर्माण सम्पन्न भएको छ ।

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ६३ प्रतिशत घर बनेका हुन् ।

जिल्लामा रहेका सात हजार ३३५ लाभग्राहीमध्ये चार हजार २०५ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकमसमेत लगिसकेको कार्यालयका इन्जिनीयर सुभाष न्यौपानेले जानकारी दिनुभयो । लाभग्राहीमध्ये ६ हजार ६२९ जनाले पहिलो किस्ता लगेका थिए ।

न्यौपानेका अनुसार दोस्रो किस्ता पाँच हजार २५३ जनाले प्राप्त गरेका छन् । भूकम्प प्रभावितहरुले आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख प्राप्त गर्ने छन् ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com