शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि रु ४२ हजार ४० सहयोग गरिएको हो ।

घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माको सहयोगार्थ सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित उक्त रकम बुधबार ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खातामा पठाइएको प्रगतिशील लेखक सङ्घ तनहुँका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । “शर्मा परिवारमा परेको पीडामा साथ दिन सहयोग अभियान सञ्चालन गरेका थियौँ”, श्रेष्ठले भन्नुभयो, “दुवै संस्थामा आबद्ध तथा अन्य केही व्यक्तिहरुले स्वतःस्फूर्त रूपमा सहयोग प्रदान गर्नुभयो ।”

श्रेष्ठका अनुसार सङ्घमार्फत रु २७ हजार ४९० र सङ्गममार्फत रु १४ हजार ५५० सहयोग सङ्कलन भएको थियो । शर्माको उपचारका लागि अमेरिकाबाट पनि रु ११ हजार २३५ सहयोग प्राप्त भएको छ । त्यस्तै दुवै संस्थाका पदाधिकारी र सदस्यले पनि सहयोग गरेका छन् । केही दिनअघि मात्रै सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने पारिश्रमिकवापतको रु ५० हजार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक शान्ता चौधरी र नेतृ भगवती न्यौपानेको पहलमा रु ६० हजार शर्माको उपचारका लागि प्रदान गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com