मेलम्ची सम्पन्न गर्न एकजुट हुनुपर्छ : मन्त्री मगर


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र मिति तोक्न एकजुट भएर लागिरहेको बताउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर लागिरहेको उहाँले दाबी गर्नुभयो ।

आयोजनाको समय थपि“दै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले काम गरेको बताउनुभयो । मन्त्रालयको विशेष टोलीले यसबारे गहिरो रुपमा केलाएर कामलाई अगाडि बढाइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीयको रोयल्टी निश्चित गर्नका लागि मन्त्रालयस्तरको समस्या समाधान समिति बनाइएको छ । मेलम्ची राजधानी नपुग्दा वर्षांैको प्यास मेटिन नपाएको भन्दै काम पूरा गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयको सहसचिवको एउटा समिति बनिसकेकाले आवश्यक छानबिन थालिसकेको उहाँले प्रष्ट्याउनुभयो । मन्त्रालयको टोली, आयोजनाका प्रतिनिधि, जनप्रतिनिधिस“गै हेलम्बु गाउ“पालिकाको अम्बाथानस्थित खानेपानीको मुहानस्थल, हेर्डबक्सस्थल निरीक्षण गर्दै मन्त्री मगरले चा“डै आयोजनासक्ने प्रतिबद्धता गर्नुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com