निर्माणाधीन सडकमा दुर्घटना बढे


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ ।

सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु सवारी दुर्घटना प्रमुख कारण रहको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । सोमबार मात्रै सो सडकमा बुबा आँखाका डाक्टर र छोरी स्टाफ नर्स सवार मोटरसाइकल दुर्घटना हुँदा दुवैको मृत्यु भएको छ ।
मोरङको बूढीगङ्गा गाउँपालिका वडा नं ३ स्थित शान्तिचोकमा भएको दुर्घटनामा वडा नं ४ निवासी ५२ वर्षीय डा सुवालाल माझी र निजकी २६ वर्षीया छोरी अञ्जली गम्भीर घाइते भइ उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो । केही महिना पहिले यही सडकका कारण राष्ट्रियस्तरका फुटबल खेलाडी शम्भु बाँस्तोलाको सुनसरी खनारमा सडकको निर्माणाधीन नालामा खसेर मृत्यु भएको थियो ।

सोमबार बिहान करीब ७ः५० को समयमा विपरीत दिशाबाट आइरहेका को१ख ७२३२ नंको यात्रुवाहक बसले को२७प १०२२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुबा र छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डा माझी आँखाका चिकित्सक र छोरी स्टाफ नर्स रहेको बुझिएको छ । गत वर्षदेखि प्रदेश सरकारले सडक सुशासन लागू गरेको भए पनि सवारी चाप, तीव्रगतिमा सवारी चलाउने, सवारी नियम पालना नगर्ने, निर्माणाधीन सडकका कारण सवारी दुर्घटनामा कमी आउन सकेको छैन ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com