नेपालमै स्नातकोत्तर तहमा सुरुङ इञ्जिनीयरिङको पढाइ


प्रकाशित मिति : कार्तिक १६, २०७६ शनिबार

इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ । पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव हुँदा आशातीत कार्य अघि बढ्न नसकेको अवस्थामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चट्टान तथा सुरुङ विषयमा स्नातकोत्तर तहमा अध्यापन शुरु गर्ने तयारी गरिएको छ ।

गण्डकी प्रदेश सरकार र नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटिएनयु) विश्वविद्यालयको सहयोगमा स्नातकोत्तर तहमा आगामी शैक्षिकसत्र वैशाख १७ गतेदेखि अध्यापन गर्ने लक्ष्यअनुसार पाठ्यक्रम तयार गरिएकोे क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताउनुभयो ।

पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले हिजो र आज गरी दुई दिन यस विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी इञ्जिनीयरिङ अध्ययन संस्थानको स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरेको छ । प्रमुख पौडेलले भन्नुभयो, “सुरुङ इञ्जिनीयरिङको अध्यापन देशका लागि आवश्यक भइसक्यो । दुई दिनको कार्यशालाबाट पाठ्यक्रम तयार गरेर आगामी शैक्षिकसत्रबाट कक्षा सञ्चालन गर्ने योजनामा छौँ ।”

इञ्जिनीयरिङ अध्ययन संस्थानअन्तर्गत सिभिल इञ्जिनीयरिङ विषय समितिका अध्यक्ष प्रा डा नरेन्द्रमान शाक्यले तयार पारिएको पाठ्यक्रम अध्ययन संस्थानले स्वीकृत गरेसँगै पठनपाठनका लागि बाटो खुला हुने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा ब्याचलर अफ सिभिल इञ्जिनीयरिङको कोर्षमा टनेल इञ्जिनीयरिङ विषय अध्यापन हुने भए पनि स्नातकोत्तर तहमा यस विषयलाई मात्र समेटर अध्यापनको कार्य पहिलो भएको बताउँदै उहाँले भन्नुभयो, “गण्डकी प्रदेश सरकारले जसरी यस विषयलाई चासो दिएर अघि बढाउन सहयोग गरेको छ । यसले चट्टान तथा सुरुङका क्षेत्रमा आवश्यकयोग्य जनशक्ति उत्पादनमा सहयोग गर्दछ ।”

प्रस्तावित पाठ्यक्रममा भौगोलिक अवस्थाको अन्वेषण, टनेल डिजाइन, कन्स्ट्रक्सन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय समेटिएको बताइन्छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा टनेल इञ्जिनीयरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्ने उद्देश्यले रु १० लाख बजेट विनियोजन गरेको थियो ।

पोखरासहित काठमाडौँको पुल्चोक क्याम्पसमा पहिलो ब्याचमा २०÷२० जना विद्यार्थी राखेर टनेल इञ्जिनीयरिङ विषय अध्यापन गरिने शाक्यले जानकारी दिनुभयो । एनटिएनयुका प्रा डा कृष्णकान्त पन्थीले आफूहरु इञ्जिनीयरिङ अध्ययन संस्थानसँग सहकार्य गरेर कार्यक्रम अघि बढाउन चाहेको उल्लेख गर्नुभयो । त्यसका लागि पाठ्यक्रम तयार, कक्षा तथा प्रयोगशाला स्थापना लगायतका पक्षमा सहयोग प्रदान गरिने उहाँले स्पष्ट पार्नुभयो ।

सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले सरकारले चालू वर्षमा देशका विभिन्न १२ स्थानमा सुरुङमार्ग निर्माण गर्ने गरी बजेट कार्यक्रममा उल्लेख गरे पनि सो कार्य आफूहरुका लागि नितान्त नयाँ भएकाले अघि बढाउन कठिनाइ रहेको उल्लेख गर्नुभयो ।

नौबिसेमा हालै सुरुङमार्ग शिलान्यास गरिए पनि विभागसँग सुरुङका लागि आवश्यक दक्ष जनशक्तिको अभावमा प्रस्तावित अन्य स्थानमा आवश्यक प्रक्रिया अघि बढाउन अप्ठ्यारो भएको उल्लेख गर्दै उहाँले यस विषयको अध्यापनसँगै विभागको क्षमता विकासमा सघाउ पुग्ने बताउनुभयो ।

कार्यशालाको उद्घाटनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय आवश्यकताअनुसार टनेल इञ्जिनीयरिङको पढाइमार्फत देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभएको थियो । सरकारको वार्षिक बजेटबाट समेत सो विषयको अध्यापनका लागि सहयोग उपलब्ध गराउने मुख्यमन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com